दक्षिण कोरिया : समृद्धिको ६८ वर्ष

0
2219

१९५० को जुनमा एउटै जस्तो नाम राख्ने दुई मुलुकले एक अर्काप्रति रक्तपातपूर्ण युद्ध सुर गरे । ६८ वर्षपछि पनि यसको निशान अझै बाँकिनै रहेको छ ।

तीन वर्षसम्म चलेको यो युद्धमा एकातरि दक्षिण कोरिया थियो भने अर्कोतर्फ उत्तर कोरिया । दक्षिण कोरियाको साथमा अमेरिका थियो भने उत्तर कोरियाको साथमा चीन र सोभियत संघ ।

अमेरिका र सोभियत संघबीच पुरानो सत्रुपूर्ण व्यवहार रहदै आएको थियो । उनीहरुको यो दुश्मनी कोरियाली युद्धमा देखियो ।
२७ जुलाई १९५३ मा युद्ध समाप्त भएपछि दुवै देशको बीच एक समझदारी कायम भयो । सम्झौता अनुसार उत्तर र दक्षिण कोरियाबीच कोरियाली गैर सैन्य क्षेत्र बन्यो र लडाइ पनि समाप्त भयो । तर, दुश्मनी भने कायमै रह्यो । २०१८ मा दुवै देशले हात मिलाए र दुई देशबीचको सम्बन्धमा सुधार आउने संकेत देखा पर्यो ।

तर कोरियाली युद्ध सकिएको ६८ वर्षपछि दक्षिण कोरिया र उत्तर कोरियाको अवस्था पूर्ण रुपमा फेरिएको छ । परमाणु हतियारका कारण उत्तर कोरिया विश्वसँगको सम्बन्धबाट अलग्गियो भने दक्षिण कोरिया विश्वकै समृद्ध मुलुकको रुपमा रुपान्तरण भयो ।

सुरुको समयमा भने दक्षिण कोरियाको अवस्था त्यस्तो थिएन । गार्जियनका अनुसार कोरियाली युद्धपछिको समयमा दक्षिण कोरिया विश्वकै सर्वाधिक गरिब देश मध्येमा थियो । उक्त समयमा दक्षिण कोरियाको प्रति व्यक्ति आय ६४ डलर थियो । आथिक अवस्थाको कुरा गर्ने हो भने १९६० मा दक्षिण कोरिया कंगो भन्दा पनि पछाडि थियो ।

त्यस बेलादेखि हालसम्मको अवधिमा दक्षिण कोरियाको अवस्थामा आमुल परिवर्तन आइसकेको छ । सुरुमा अमेरिका र पछि जापानको सहयोगबाट दक्षिण कोरियाको आमुल परिवर्तन भएको हो ।

पार्क चुङ हीका अनुसार दक्षिण कोरियाले ठूलो कारोबारी समूह स्थापना गर्यो आर्थिक प्रगतीको सिढी चढ्न सुरु गर्यो । यो नीतिका कारण सामसङ तथा एलजी जस्ता दक्षिण कोरियाली ब्रान्डको स्थापना मात्रै भएन कि यी कम्पनीहरु सफल पनि भए । आफ्नो समृद्धिको ६८ वर्षको अवधिमा दक्षिण कोरियाले यो विश्वलाई धेरै चिज दिएको पनि छ ।

गुणस्तरिय उत्पादन
दक्षिण कोरियाले एक दुईवटा मात्रै नभई कैयौ गुणस्तरिय उत्पादन पनि गरेको छ ।
मोबाइल फोन, कम्प्युटर, सवारी साधन, श्रृंगारका सामग्री, रोबोटिक, एयर कन्डिसनर, भान्साका सामग्रीहरु तथा प्रशोधित खाद्यान्नको क्षेत्रमा दक्षिण कोरियाली कम्पनीलाई उत्कृष्ट मानिदै आएको छ ।
सवारी साधन बनाउने कम्पनी हुन्डाइ तथा प्रविधि कम्पनीमा सामसङ र एलजीलाई पुरै विश्वमा राम्रो मानिदै आएको छ । दक्षिण कोरियाली सामग्रीले एसिया मात्रै नभई युरोप र अमेरिकामा पनि राम्रो मानिदै आएको छ ।

इन्टरनेटको पहुँच र यसको गती
सीएनएनका अनुसार भारत थ्री जी तथा फोर जीमा अलमलिएको समयमा दक्षिण कोरिया फाइभ जी मा प्रवेश गरिसकेको छ । दक्षिण कोरियामा इन्टरनेटको पहुँच ८२.७ प्रतिशत छ भने ७९ प्रतिशत जनसंख्या स्मार्टफोनको प्रयोग गर्दै आएका छन् ।
१८ देखि २४ वर्षको उमेर समूहको कुरा गर्ने हो भने ९८ प्रतिशत मानिसले स्मार्टफोन प्रयोग गर्दै आएका छन् । हुन्डाइले फोनबाट स्टार्ट हुने सवारी बनाउने विषयमा आफ्नो सोच बनाएको छ । सामसङले पनि कर्भड तथा मोड भएको फोन र टिभी ल्याएको छ ।

प्लास्टिक मनी
बैंक अफ कोरियाका अनुसार विश्वमा सबैभन्दा बढी क्रेडिट कार्ड प्रयोग गर्ने देशमा दक्षिण कोरिया रहेको छ ।
२०११ मा अमेरिकामा प्रति व्यक्ति ७७.९ कारोबार गरेकोमा दक्षिण कोरियामा प्रति व्यक्ति १२९.७ कारोबार भएको थियो ।
दक्षिण कोरियामा कुनै पनि कारोबारी वा पसलेले क्रेडिट कार्ड लिन मानेन भने त्यो गैर कानुनी हुने देखिएको छ ।

अध्ययन
दक्षिण कोरिया अध्ययनको मामिलामा मात्रै नभई काम गर्ने मामिलामा पनि विश्वका अन्य केही देशको तुलनामा पनि अगाडि देखिएको छ ।
९८ प्रतिशतले माध्यमिक तह सम्मको अध्ययन गर्छन भने ६३ प्रतिशतले कलेज सम्मको अध्ययन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here