दिनेशको छट्टु साहुँ

कथा

1047

आज बल्त तल्ल कम्पनिबाट दिनेशले कम्पनि परिबर्तनको ईजजात लिन सफल हुन्छ।ऊ यतिबेला यति खुशि हुन्छ कि मानौ ऊ यतिन्जेल यति खुशि भएको ऊसैलाई यकिन छैन।दिनेशलाई बर्षौदेखि पिढ्युमा बोक्दै आएको भारि फ्यात्त भुईमा बिसाए जस्तो भाछ।मनका पिढाँ र बोझँहरुलाई सेलाए जस्तो भाछ।कम्ति हलुका भा छैन ऊसलाई।सारै हलुका भाछ।सार्है।तन पनि,मन पनि।अनि आजै बिहानबाट खुला भाछ ऊसका लागि बाटो पनि।बाटो बन्द थियो हिजोसम्म।नाघेर जान त सक्थ्यो होला।तर ईमान बेचेन ऊसले।पर्खाल तोडेन ऊसले।आजसम्म आफ्नो अधिकारको लडाई लड्यो तर कोहिसंग लडेन ऊसले।सिर्फ दिनेशले अधिकारको लागि लड्यो।मात्र अधिकार भएर लड्यो।अधिकार प्राप्तिका लागि लड्यो।धेरै चोटि लड्यो।लडिरहन्छ।

       बुधबार बिहान दाताबाट दिनेशलाई अबिलम्ब कम्पनि”गेट आऊट “को आदेश दिईन्छ।हतार हतार दिनेश आफ्नो झोलिझुँम्टो कसि निस्कन्छ नयाँ यात्रामा।यतिकैमा एकजनाले सल्लाह पस्कन्छ,”बुसान आईज।कमाई हुने कम्पनि पाईन्छ।”,अर्कोले तसल्ल गर्छ,”आन्सान जा यार,भनेजस्तै कम्पनि पाऊछस।”अर्कोले हुईया पिट्छ,”फेन्तेक,छनानतिर फालाफाल।”दिनेश कतै जादैन।खुरुखुरु नोदोगंबु जान्छ।नोदोगंबु पुग्छ।त्यहाँ पुगेपछि पो बल्ल थाहाँ हुन्छ कि साहुँले त गद्दार/झुटो आश्वासन गरेको रहेछ।दिनेश छागाँबाट खसेकोझैँ हुन्छ।दिनेश फेरि फर्कन्छ कम्पनि निराश मुद्राँमा।ऊसलाई औँधि रिस ऊठेछ साहुँदेखि।बास्तबमै दिनेशलाई यहाँ धोखा हुन्छ आफ्नै साहुँबाट।यस्तो धोखा कि मानौ आजसम्म ऊसले यस्तो धोखा प्रेममा पनि बेहोरेको छैन।ऊसलाई भर्खर छोडेको बाँसस्थान यसरि फर्केर आऊनुपर्दा सारै नरमाईलो लाग्छ।केहि गर्दा पनि आफ्नो चित्त बुझाऊनै सक्दैन ऊसले।साहुँको यस्तो हर्कतले दिनेश दु:खि र निराश मात्र हुदैन।तनाब पनि चुलिदै जान्छ।आखिर किन बारबार साहुले यसरि झुलाईदिन्छ ?दिनेशको एकाग्रता बढ्छ र घोत्लिन थाल्छ।

    त्यहि दिन फेरि दिनेश साहुँ जिऊ पर पुगेर मुखापेक्षाँ गर्छ।साहुँजिले दिनेशको सातो लिन्छ।दिनेशको हंशले ठाऊ छाड्छ।दिनेश डराऊछ।मुटुको धड्कन ह्वात्तै बढ्छ।ऊसलाई साथ दिने कोहि हुदैन ऊ बाहेक।यस्तो बेला सल्लाहले काम गर्छ रे।दिनेश हतार हतार नोदोगंबु पुग्छ।दिनेशले आफ्नो समस्या कनिकुथि पोख्छ।कर्मचारिले दिनेशलाई उल्टै झपारेर पठाईदिन्छन।त्यसपछि त दिनेशलाई दोहोरो चोट पर्न जान्छ।दिनेशका अब चै हातगोडा लुला जस्ता हुन्छन।के गर्ने? के नगर्ने ?मगजले सोच्नै सक्दैन।दिनेश निष्प्रभ बनि पुन कम्पनि फर्कन्छ।घडि हेर्छ दीनको चार बजिसकेछ।दिनेश आफ्नै बसेरामा आखाँ चिम्लन्छ र लमतन्न पल्टिन्छ।

     मानिसलाई बारबार चोट पर्यो भने बानि हुन्छ रे।एकचोटि पर्यो भने ज्ञानि हुन्छ रे।दिनेशलाई यो चोटले न बानि पर्छ न ज्ञानि हुन्छ।बरु दिनेशलाई ऊल्टै हानि हुन्छ।निन्द्रा लाग्दैन ऊसलाई।भोक लाग्दैन ऊसलाई।शोकमा परेको जस्तै हुन्छ। दिनप्रतिदिनको साहुजिको यो कृयाकलापले दिनेशलाई पागलझैँ बनाऊछ।पर्सिपल्ट दिनेश काममा जान्छ।तर दिनेशलाई काम गर्न पनि दिईदैन।क्याँ गजब छ यहाँको परिपाठि।कामदारलाई काम गर्नबाट रोकिन्छ।काम छाड्नबाट पनि रोकिन्छ।तर कम्पनिबाट “जा”,”निस्कि”,”अहिले निस्कि” भनिन्छ।कम्पनिको यस्तो घिनलाग्दो रटानले दिनेश रनभुल्लमा पर्छ।अब काहाँ जाने?गए पनि नगए पनि एउटै नोदोगंबु छ।दिनेश लुरुलुरु उतैतिर हानिन्छ।पालो कुर्छ।सामुन्ने बसेर बिन्ति बिसाउछ।अन्याय भएको कुराहरु दर्साऊछ।दिनेशलाई फेरि साईन लिएर आईज भनि दुई पन्नाको कागज थमाईन्छ।दिनेश कागज बोकि फेरि कम्पनि हानिन्छ र साहुजिसमक्ष अनुनय बिनय गर्छ।साहुजि नमिठो कड्किन्छ।कुटौला झैँ गर्छ।खाऊला झै गर्छ।दिनेश सारै निरिह बन्छ।

    दिनेशले आएदेखि लगातार एकबर्ष वल्डिगं गर्यो।शुरुमा पर्याप्त सुरक्षा नअपनाएर आखाँमा चोट पर्यो।आखाँहरु कमजोर भए।पहिलेको जस्तै तेजिला आखाँहरु रहेनन ऊसका।फलस्वरुप ऊसले निधो गर्यो अब कम्पनि छाड्ने।साहुजिबाट पनि दुई महिना पहिले भनेकै मितिमा ईजजात दिने कुरा भएको हो।तर दुई महिना पश्चात यस्तो कदम अपनाईयो।कोरियनहरु बचनमा पक्का पनि हुदैनन।दिनेश बिस्वस्त थियो।उसले शरिरलाइ हानि नहुने काम खोजि गर्ने योजना बुन्दै थियो।आज आएर साहुजिले ईजजात नदिने बतायो।दिनेशलाई “खाए खा नखाए घिच “भनेझैँ भयो।त्यो पनि काहाँ भयो र?घिच्न पनि दिईएन ऊसलाई। मानिस न हो।ऊसलाई पनि रिस ऊठ्छ।ऊसलाई पनि भाउन्न छुड्छ।बचन तोडेपछि काम गर्ने जागर पटक्कै आऊदैन ऊसलाई।तनाबले गर्दा सुस्तरि गल्दै जान्छ।यद्दपि दिनेश बिहानै काममा पुग्छ र काम गर्न ईच्छुक भएको कुरा दर्साऊछ।तर ऊसलाई सामाग्रिहरु छुन दिईदैन।बास्तबमा उसको गणनानै गरिदैन।भएजति सबैको गरिन्छ।दिनेश फेरि साहुँजिउपर याचना गर्न पुग्दछ।

    दिनेशको साहुँजिले दिनेशलाई तलब बढाईदिने प्रस्ताब अघि सार्छ।लाभाशं दोब्बर दिने बचन दिन्छ।तर दिनेशले सबै कुराहरु अस्विकार गर्छ।तलबसंग ऊ भरपुर सन्तुष्ट रहेको कुरा बताऊछ अनि कामसंग असन्तुष्ट रहेको भाव प्रकट गर्छ।दिनेशलाई फेरि अर्को सजिलो काममा लगिन्छ र सधैका लागि त्यहाँ नै ऊसको काम भएको सुनाईन्छ।दिनेशले भोलिपल्ट देखि तुलनात्मक रुपमा कम सजिलो काम शुरु गर्छ।काम त गर्छ तर भित्रि मनबाट ऊसले गर्न सक्दैन।फेरि कम्पनिसंग  पहिलेको जस्तो ऊसको सम्बन्ध पनि रहदैन।नयाँ काममा सबैले हेपाहा प्रबृति देखाउछन।ऊताबाट नसकेर यता लखेटिएको नामर्द सरहको रुपमा हेरिन्छ।दिनेशलाई त्यहाँ फिटिक्कै काम गर्न मन नलाग्ने अबस्था सृजना हुन्छ।हात चलाए पनि दिमाग चलिरहेको हुदैन।काम गर्ने मनै छैन भने कसरि काम गर्ने?दिनेश फेरि साहुसमक्ष पुग्छ।दुई हात जोड्छ।साहुजिबाट प्रश्न तेर्स्याईन्छ,”त्यो कामले पनि तलाई दुख्छ हो?दिनेशले ऊत्तर दिन्छ,दुख्छ।अबिलम्ब साहुजिले दिनेशलाई गाडिमा चढाई अस्पताल पुर्याउछ।दुखेको ठाऊमा उपचारसहित परिक्षण गर्न लगाऊछ।र अन्त्यमा रिपोटमा आऊछ तर रिपोटमा केहि देखिदैन।साहुँ त अब झन रिसिन्छ।रिसले आगो हुन्छ।दिनेशलाई हकार्दै र झपार्दै कम्पनि ल्याऊछ।समुन्नेमा थेच्याऊछ र दिनेशलाई एक महिना आराम गरि कोठामै बस भनेर आदेश दिईन्छ

साहुँबाट दिनेशलाई एक महिना आराम गरि कोठामै बस भनेर ठाडो आदेश दिईन्छ।दिनेश तीन छक्क पर्छ।ऊसले त साहुँको साईन मागेको थियो तर यहाँ त अर्कै भईदियो।अब साहुँले नै यस्तो आदेश दिएपछि चुपचाप कोठातिर फर्कन्छ।यस्तो कृयाकलापले दिनेश एकातिर मानसिक रुपमा कमजोर बन्दै जान्छ भने अर्कातिर ऊसका तनाबपुर्ण दिनहरु गुज्रन शुरु गर्छन।यस्तो अबस्थामा कहिलेकाहि त दिनेशलाई निकै बेचैन पनि बढ्छ।काम गरिरहेको बानिबाट एक्कासि स्थिर बस्नुपर्दा छटपटि बढ्छ।मनमा अनेक तर्क कुतर्कहरु आउछन।बास्तबमा यहाँ दिनेशलाई ई.पि.यस. प्रणालिको पहिलो र मुख्य कमजोरि नै साहुँको एकाधिकारपन हो जस्तो लाग्छ।कामदारको कम्पनि परिबर्तन गर्ने अधिकार भएर पनि साहुको मर्जि नै अन्तिम भैदिनाले दिनेशको पनि केहि चल्दैन।दिनेश लगातार एक महिना सुत्न सक्दैन।यो बिचमा आफुलाई अबैधानिक पनि बनाऊन सक्नाले दिनेश तीन/चार दिन पश्चात पुन काममा फर्कन्छ।तर साहुँले दिनेशलाई अफिसमै रोक्छ र एक महिना काम नदिने बताऊछ।दिनेशले एक महिना आराम गर्नका लागि साहुको साईन सहितको कागज माग्छ।कागज पनि नदिने बताएपछि दिनेश दिनभर कम्पनिमै बस्ने कुरा जनाऊदै कामतिर लाग्छ।काममा पुग्छ।तर कामको बोसले काम गर्न दिदैन।किन?साहुले गर्न नदिनु भन्या छ।दिनेशका ओठतालु एकाएक सुक्छन।दिनेशको शरिर एकाएक गलेर आउछ।कोठामै बसु त अबैधानिक बनाईदेला भन्ने डर,काम गरुँ त काम गर्नै नदिने।दिनेश नोदोड़्बु पुग्छ।काम गर्न नदिएको बताऊछ।नोदोड़्बुबाट साहुसंग सम्पर्क गरिन्छ।केहि समय पश्चात भोलिबाट काम गर्न दिने भनि बताईन्छ।दिनेश भोलिपल्ट काममा पुग्दछ।तर फेरि उहि व्यवहार दोहोर्याईन्छ।अझँ नेपाल पठाऊने भनि धम्किसहितको त्रास पो देखाईन्छ।साहुको ब्यबहारले दिनेशको कन्चट तातेर आऊछ।बोल्ने कुराहरु धेरै भएपनि चुप बसिदिन्छ।साहुँको हर तिखो बचनहरु सबै पचाऊछ।

     दिनेश अर्को हप्ता फेरि नोदोड़्बु पुग्छ।एक महिनासम्म काम गर्न नदिएको भनि बताऊछ।फेरि कर्मचारिले साहुसंग सम्पर्क गर्छन।कर्मचारिले दिनेशलाई कुनै प्रतिकृया नदिई कम्पनितिर जान सल्लाह दिन्छन।दिनेश फेरि कम्पनि पुग्दछ।साहुँलाई पछ्याऊछ।बारबार पछ्याऊछ।साहुँले दिनेशलाई दाहिने पाखुरामा समाएका काममा तान्दै हुत्याऊछ।दिनेशलाई फेरि वोल्डिगं गर्न अर्हाइन्छ।दिनेश अच्चमित हुन्छ।दिनेशले काम गर्न नसक्ने भनि बारबार बताऊछ।त्यस दिनभर दिनेशलाइ त्यहि थेच्याईन्छ जहाँबाट ऊ सदाका लागि हात धुन चाहन्थ्यो।दिनेशले फेरि जब्बरजस्त काम शुरु गर्छ।तर दिनेशको मगजले सहि काम गरिरहेको भने पटक्कै हुदैन।भित्रभित्र ऊ डराईरहेको हुन्छ।आत्तिरहेको हुन्छ।फलस्वरुप काममा गडबड हुन्छ।यहि कारण दिनेशले दिनभर गालि खानुपर्छ एक पछि अर्को।काममा बोसले दिनेशलाई बढी गालि गरेकाले गालि सहन नसकि साहुँसंग पुग्दछ।साहुले दिनेशलाई नगण्य ठान्छ।कुरा सुन्नै चाहदैन।दिनेश फेरि कोठा फर्कन्छ र सुत्छ।

     दिनेशको यो क्रियाकलाप महिनौ दोहोरिन्छ।काममा गालि नखाएको दिन त के,घण्टा हुदैन।जे भने पनि दिनेशले सहिदिन्छ।सहने बानि पनि परिसकेको हुन्छ।महिना दीन पश्चात दिनेशलाई अफिसमा डाकिन्छ र बाँसस्थानको शुल्क अबदेखि तलबबाट काट्ने भनि दिनेशलाई साईन गर्न लगाईन्छ।दिनेशले साईन गर्न मान्दैन।दिनेश पनि साहुँजस्तै अडिग बस्छ।दिनेशले अझैँपनि आफु कुनै हालतमा यहाँ काम गर्न नसक्ने बताउछ।सम्झौता अवधिभर काम गराऊने र नेपाल पठाऊने योजना रहेको साहुँले बताउछ।दिनेशले साईन गर्न नमान्दा साहुले झपार्छ।दिनेश त्यहाँबाट ऊठेर हिड्छ।साहुँ पछिपछि कागज बोकेर पछ्याऊछ।फरक यति हो पहिले दिनेशले साहुँलाई पछ्याउथ्यो अहिले साहुँले दिनेशलाई।दिनेश काम गर्ने ठाऊमा पुग्छ।साहुँ झपार्दै त्यहि आईपुग्छ।दिनेश साईन गर्न ज्यान जाला पटक्कै मान्दैन।दिनेश हात बानेर चुपचाप ऊभिन्छ।साहुँ एकछिन बकबकाऊछ र थाक्छ अनि फर्कन्छ।

     दिनेशको दुई महिना यसै त्यसै गरि बितिसकेपछि दिनेशलाई तलबमा झड्का लाग्छ।एकदिन दिनेश मध्य दीनमा कोठामा बसेर यहि सोचिरहेको हुन्छ।अचानक कसैले ढोका जोड्ले डकढकाऊछ।डराउदै दिनेशले ढोका खोल्छ।दिनेश खोल्ने बित्तिकै आतिन्छ।अफसोच कोठाभित्र साहुँको प्रबेश हुन्छ।दिनेश शुरुमा त शाहुँ देखेर रातो न पिरो हुन्छ।किनकि शाहुँको प्रबेस कोठाभित्र पहिलोचोटि थियो।आफु कोठाभित्र एक्लै भएकाले ऊभित्र साहुँ देखेर त्रास सृजना हुन्छ।शाहुले थर्काउदै जब्बरजस्त त्यहि कागजमा साईन गर्न अर्हाउछ।डरले कापेको दिनेशले खुरुखुरु गर्छ।दिनेशलाई अब थाहाँ हुन्छ कि साहुँले त कम्पनि परिबर्तनको ईजजात कुनै पनि हालतमा नदिने रहेछ।दिनेश भोलिपल्ट काममा पुग्दछ र फेरि त्यहि पुरानै काम ओल्डिड़ गर्न शुरु गर्छ।रातभर अनिधो शरिरले दिनेशले लगातार साझँसम्म एकोहोरो गरिरहन्छ।दिनेशले घोत्लिएर काम गरिरहेको हुन्छ।एक्कासि चिच्याएको आवाज ठिक पछाडिबाट सुनिन्छ।दिनेशको साहुँले दिनेशलाई फेरि डरलाग्दो गालि गरिरहेको हुन्छ।बिहानदेखि गरेको काम सबै नमिलेको र उल्टो भएकाले साहुँले सम्बन्धित बोसलाई पनि भाम गालि गर्छ।फेरि दिनेशतिर आएर रिसले आगो हुन्छ।कोरियनको असलि रिस चै बल्ल दिनेशले प्रत्यक्ष देख्छ।साहुँ साच्चै अचाक्लि रिसाऊछ।साहुँ रिस्सिएर यता र ऊता सलबलाऊछ।बोसले फेरि दिनेशलाई थर्काउदै र धपाऊदै अफिसमा पुर्याउछ र आजै ,अहिल्यै कम्पनिबाट निस्कि भनि पेपरमा साईन गरि पठाऊछ।साहुँ दिनेश संगसंगै कोठा पुग्छ।झोलि झुम्टो कस भन्छ।बिछ्यौना पोको पार भन्छ।अघिल्लो दिन पकाएको बासि भात समेत पोको पार्न लगाएर दिनेशलाई बाँसस्थानबाट तु खेदाऊछ।दिनेश फेरि पनि कम्पनिबाट दोधारमा निस्कन्छ।हत्तपत्त नोदोगंबुमा पुग्दछ?अन्तत:बल्ल दिनेशले छट्टु साहुँबाट साईन लिन सफल हुन्छ।