दुइ कोरियाका अधिकारीबीच आज वार्ता हुदै, वार्ता मून र किमबीच हुने शिखर वार्ताका विषयमा केन्द्रीत हुने

795
उत्तर र दक्षिण कोरियाका अधिकारीबीच आज वार्ता हुने भएको छ ।  दुइ कोरियाबीच हुने आजको कार्य–स्तरिय वार्ता दुइ राष्ट्र प्रमूखबीच हुन लागेको शिखर वार्ताका विषयमा केन्द्रीत हुने राष्ट्रपतिको कार्यलय ब्लू हाउसले जनाएको छ । वार्ता सिमावर्ती इलाका पामून्जोम हुने बताइएको छ । वार्तामा यहि अप्रिल २७ तारिख दक्षिण कोरियाका राष्ट्रपति मून जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने शिखर वार्ताको सुरक्षा, प्रोटोकल, मिडिया कभरेज र एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

गत महिना दक्षिण कोरियामा सम्पन्न फ्याङछाङ शितकालिन ओलम्पिकका क्रममा दुइ कोरियाबीचको सम्बन्ध सुधार हुदै शिखर वार्ताको चरणमा पुगेको छ । सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्म चलेको युद्ध शान्ति सम्झौता विना टुगिंएपछि अहिले पनि दुइ कोरिया प्राविधिक रुपमा युद्धको अवस्थामा छन् । पछिल्लो समय बढेको सम्बन्ध सुधारका बाटोले कोरियाली प्रायद्धिपमा शान्ति छाउने आशामा बल पुगेको छ ।

कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू