दुइ कोरियाका सेनाबीच सिमावर्ती पान्मुन्जोममा भेटवार्ता, सिमा क्षेत्रमा तनाब मत्थर पार्ने विषयमा छलफल

0
871

दुइ कोरियामा राष्ट्र प्रमूखबीच शिखर वार्ताको तयारी भइरहदाँ आज सैनिक स्तरिय भेटवार्ता भएको छ । सिमावर्ती इलाका पान्मुन्जोममा सैनिक अधिकारीबीच कोरियाली प्रायद्धिपको तनाब मत्थर पार्ने लगायतका विषयमा छलफल भएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । आज बिहान दश बजे भएको वार्तामा दक्षिण कोरियाका आर्मी कर्णेल छो योङ गुन र उत्तर कोरियाबाट कर्णेल ओम छाङ नामले नेतृत्व गरेको रक्षा मन्त्रालयले जनाएको छ । तर भेटवार्तामा भएको विस्तृत जानकारी भने सार्वजानिक गरिएको छैन् । यद्यपी भेटवार्ता सौहार्दपुर्ण र यहि सेप्टेम्बर अठार देखि प्योङयाङमा हुन लागेको राष्ट्रपति मुन जे इन र सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्ताको विषयमा छलफल भएको हुन सक्ने आकलन गरिएको छ । गत अप्रिलमा ऐतिहासिक शिखर वार्तापछि दुइ मुलुक सेनाबीचको भेटवार्ता बाक्लीदै गएको छ । जसका कारण कोरियाली प्रायद्धिपको तनाब मत्थर हुनाका साथै आणविक निशस्त्रीकरणका लागि उत्तरलाई दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here