दुइ कोरियाको सम्बन्धले थप गति लिदै , रेल तथा अन्य यातायात मार्ग निर्माणको तयारि

0
265

पछिल्लो समय दुइ दुइकोरियाको सम्बन्ध सुधारले उच्च गति लिईरहेको बेला बुधबार रेल तथा अन्य यातायात मार्गको  शिलान्यास  भएको छ l अमेरिका र प्योङयाङ बीच भएको निरस्त्रीकरण सम्बन्धि  उच्च स्तरीय  बार्ता पछी दुइ कोरियाको सम्बन्ध सुधारको ढोका खुलेको हो l
बुधबार दुइ कोरियाको सिमा क्षेत्र पामुन्जेमा दुइ कोरियाली  विदेश मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा उक्त स्थलमार्गको शिलान्यास समारोह सम्पन्न भएको दक्षिण कोरियाको एकता मन्त्रालयलाइ उदृत गर्दै कोरिया टाइम्सले लेखेको छ l उद्घाटन समारोहमा उत्तरकोरियाका शान्ति तथा एकता विभागका अध्यक्ष तथा दक्षिण कोरियाका रेल मन्त्रालयका सहायक मन्त्रि  किम युंन ह्योकको  समेत उपस्थिति रहेको  थियो l
यस भन्दा पहिला १२ सय किलोमिटर सम्मको रेल मार्गको अध्यन गर्न दर्जनौ दक्षिण कोरियाली बिज्ञा टोलि उत्तर कोरिया पुगेका थिए l लामो अध्यन पछि बिज्ञा हरुले तयार पारेको रिपोर्टको आधारमा उक्त रेल तथा अन्य स्थलमार्ग हरुको शिलान्यास गरिएको हो l
गत अप्रिलमा दुइकोरियालि  उच्च नेता बीचकोको बार्तामा सिमा क्षेत्र देखि  आधुनिक प्रविधिको स्थल मार्ग जोड्ने सहमति भएको थियो l
रेल तथा अन्य स्थलमार्ग जोडिएपछी केहि नजिकिदै गरेको दुइ  कोरिया बिचको ब्यापार तथा अन्य  सम्बन्धले थप आयाम पाउने  विश्वास गरिएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here