दुइ कोरियाको सम्बन्ध सुधारकोले गति लिदै , मुन किम बीच दोस्रो पटक भेट बार्ता

1158
दक्षिण कोरियाली रास्ट्रपति मुन जे इन तथा उत्तर कोरियाली नेता किम जोङ् उन बीच सनिबार दोस्रो पटक भेट बार्ता भएको छ l दुइ कोरियाको सिमा क्षेत्र पान्मुन्जेम गाउमा करिब २ घण्टाको भेट बार्तामा अमेरिका संगको शिखर बार्ताको बिषयमा केन्द्रित रहेको ब्लु हाउसले जनाएको छ l
गत अप्रिल २७ मा पहिलो पटक मुन तथा किम बिचको भेट बार्ता भएको थियो l यसभन्दा पहिला मे १६ को लागि उच्च स्तरीय शिखर बार्ताको मिति तय गरिएको भएतापनि उत्तर कोरियाले केहि शर्त हरु राख्दै बार्ता रद्व गरेको थियो l
प्रतिक्रियाहरू