दुइ कोरियाबीच हुन लागेको शिखर वार्ताको तयारी तिब्र, दक्षिण कोरियाका त्रियानब्बे जना अधिकारी उत्तर कोरिया तर्फ

0
1069
PAJU, SOUTH KOREA - SEPTEMBER 18: South Korean Vice Unification Minister Lee Kwan-Se (2nd-R) and his delegation leave to visit North Korea for summit preparations at the Immigration and Quarantine office September 18, 2007 in Paju, South Korea. Thirty-five South Korean officials headed to Pyongyang, North Korean to work out details ahead of the summit between South Korean President Roh Moo-Hyun and North Korean leader Kim Jong-Il that will begin on October 2, 2007. (Photo by Chung Sung-Jun/Getty Images)

दुइ दिन पछि हुन लागेको दुइ कोरियाबीचको तेश्रो शिखर वार्ताको तयारीका लागि दक्षिण कोरियाका एक टोली आज उत्तर कोरिया गएका छन् । दक्षिण कोरियाका नब्बे जना अधिकारी तयारी सामाग्री सहित प्योङयाङ गएका छन् । उन्नाइस वटा बसमा सरकारी अधिकारी, रिर्पोटर र प्राविधिक गरी त्रियानब्बे जना आज उत्तर कोरिया तर्फ गएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार देखि बिहिवार सम्म शिखर वार्ता हुदै छ । शिखर वार्ताका लागि प्योङयाङ जाने मुन दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुनेछन् ।
यसैबीच पहिलो पटक उत्तर कोरिया जान लागेका मून सिधा उडान मार्फत प्योङयाङ जाने समचारमा जनाइएको छ । नजिकिदै गरेको शिखर वार्तालाई लिएर उत्तर कोरियाका मिडियाले श्रृखंलाबद्धरुपमा रिपोर्ट प्रसारण गरिरहेका छन् ।
शिखर वार्तामा आणविक निशस्त्रीकरण, प्राविधिकरुपमा रहेको युद्धको अवस्था अन्त्य लगायत द्धिपक्षिय हित र सम्बन्ध सुधारका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here