दुइ वटा कारले एकैपटक ठक्कर दिदा कोरियन नायिका हान जी – सुङ को मृत्यु

5578

गुडीरहेको कारले ठक्कर दिदा  कोरियन नायिका हान जी – सुङको मृत्यु भएको छ l स्थानीय संचार माध्यमका अनुसार इन्छन देखि गिम्पो जाने क्रममा उनलाई बीच बाटोमा ट्याक्सी तथा कारले एकैपटक ठक्कर दिएका थिए l श्रीमान संग संगै रहेकी २८ बर्षीय  हानलाइ  ३ लाइनको  बाटोमा कार रोकी बाहिर निस्किने क्रममा पछाडी बाट आएका  गाडीले ठक्कर दिएका थिए l


संगै रहेका उनका श्रीमान लाइ उदृत गर्दै किम्पो प्रहरीले जनाए अनुसार बिहान ३ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको थियो l पिसाब फेर्न बाहिर निस्किएका उनका श्रीमान फर्किदै गर्दा चालक सिटमा बसेकी हान ढोका खोलेर  बाहिर निस्किने क्रममा उक्त दुर्घटना भएको थियो l उनलाई तत्कालै अस्पताल पुर्याइएको भएता पनि बचाउन सम्भब नभएको बताइएको छ l

सन २०१० दखि के पप गर्ल्स ग्रुप बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हान हाल टिभी ड्रामा तथा अन्य नाट्य क्षेत्रकि निकै चर्चित नायिका मानिन्छन l
ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिई थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ l
कोरियन अनलाइन

प्रतिक्रियाहरू