Home कोरिया हटलाइन दुई कोरियाविच छुट्टिएका परिवारलाई पुनर्मिलन गराईने

दुई कोरियाविच छुट्टिएका परिवारलाई पुनर्मिलन गराईने

0
दुई कोरियाविच छुट्टिएका परिवारलाई पुनर्मिलन गराईने

उत्तर कोरिया र दक्षिण कोरियाले कोरियाली युद्धमा छुट्टिएका परिवारलाई उही अगस्ट २० देखि २६ सम्म पुनर्मिलन गराउने समझदारी शुक्रवार गरेका छन् ।

दुवै देशका प्रतिनिधिहरूको संयुक्त वक्तव्यलाई उद्धृत गर्दै दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दियो ।

पुनर्मिलन तीन वर्षपछि हुन लागेको हो । किम जोङ उन र मून जे–इनले उत्तर कोरियाको आणविक कार्यक्रमका कारण ब्रिगिएको सम्बन्धलाई सुधार गर्दा पुनर्मिलन गराउने कदम चालेका हुन् ।

शुक्रवार उत्तर र दक्षिणबीच रेडक्रस वार्तापछि यो घोषणा गरिएको हो । वार्तामा पारिवारिक पुनर्मिलन तथा अन्य मानवीय मामिलाका बारेमा कुराकानी गरिएको थियो ।

वार्ता उत्तर कोरियाको सुन्दर पूर्वी तटमा रहेको माउन्ट कुमगाङमा रहेको एक होटेलमा बिहान १० बजेबाट शुसरू भएको थियो ।

सन् २००० देखि उत्तर र दक्षिण दुवैमा लगभग २३ हजार ६ सय परिवारहरूले पुनर्मिलन कार्यक्रमअन्तर्गत भिडियोलिंक मार्फत कुराकानी गरेको सउलमा ररहेको हुन्डे रिसर्च इन्स्टिच्युटले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here