दोस्रो लहर आउने खतरा बिच कोरियामा कोरोना भाइरस नियन्त्रणको दिशामा

1441

दक्षिण कोरियामा कोरोना भाइरसको दोस्रो लहर आउने खतराले केहि दिन यहाको जनजीबन प्रभाबित बन्यो।गत जनवरीमा पहिलो पल्ट भाइरसको संक्रमित भेटिए पछिका २ महिना यहा महामारिको रुपमा भाइरस फैलिएको थियो ।

शुरुवातमा भाइरस फैलावटको हिसाबले चिन पछि दोस्रो स्थानमा रहेको कोरियाले ब्यापक स्वास्थ्य प्रणालीमा चुस्त र दुरुस्त गर्दै बिना लकडाउन भाइरसलाई नियन्त्रण गर्न सफल भएको थियो ।केहि सामाजीक दुरीलाई कायम गर्दै सम्पुर्ण गतिबिधी खुल्ला गरेको कोरियामा गत हप्ता इथेवन स्थित रात्रिकालिन बार क्लबमा भाइरसको संक्रमित फेला परे पछि त्यहा का क्लबहरुमा भाइरस फैलिएको पुष्टि भएको थियो ।

इथेवन को सामुहिक कल्ब बार संबन्धित संक्रमण संख्या १६२ पुगेपनि अहिले नया संक्रमितको संख्या क्रमस घटदै गएको यहाको सरुवा रोग नियन्त्रण बिभागले जनाएको छ। मे ६ मा इथेवन क्लब संक्रमणको घटना बाहिर आए पछि अप्रिल २४ भन्दा पछि ईथेवन पुगेका मानिसहरुको खोजिनीति र ट्रा्यासिगंको कार्य सरकारले तिब्र बनाएको थियो ।अझै कतिपय मानिसहरुको सम्पर्कमा नभएका कारण उनिहरुको अबस्थाको बारेमा थाहाहुन नसक्दा भाइरस फैलिन सक्ने त्रास भने कायम नै रहेको छ। त्यस क्षेत्रका बार क्लब हरु सम्पुर्ण बन्द गरिएको छ। कोरियाको अन्य क्षेत्रमा जनजीबन सामान्य हुदै सामाजिक गतिबिधिहरु पनि बिस्तारै केहि सिमा र नियमहरुलागु गर्दै हुन थालेको थियो ।

कोरियामा भाइरस फैलिए यता भाइरस आसंका गरिएका ७ लाख ४१ हजार १४५जनाको परिक्षण भइसकेको छ परिक्षण १८००० जना को हाल परिक्षण चलिरहेको छ भने परिक्षण प्रतिबेदन अनुसार हाल सम्म दक्षिण कोरियामा ११हजार ३७ जना संक्रमित भए पनि ९हजार ८सय ५१ जना निको भएर घर फर्केका छन । भाइरसको कारण यहा २६२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू