धनकुटा सांस्कृतिक कार्यक्रको तयारी ब्यापक, कार्यक्रम भब्य हुने दावी

419

छुसकको पहिलो दिन अर्थात सेप्टेम्वर १२ तारिक धनकुटा सेवा समाजले गर्न लागेको धनकुटा सांस्कृतिक सौगात भाग १ को तयारी ब्यापक गरिएको छ । पोष्टर प्रचार प्रसार र टिकट विक्री गर्दै सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन लागेको धनकुटालाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको आयोजकले जानकारी गराएको छ । उत्कृष्ट कलाकारहरुको छनोट र धनकुटा सेवा समाजले कोरियाको समाजमा गरेको विभिन्न सहयोगले कोरियामा रहेका नेपालीहरुले धनकुटा कार्यक्रमलाई भब्य बनाउन लागि परेका छन् ।
विगत लामो समय देखि धनकुटा सेवा समाजले ओन्यगं ओछनमा घर नै भाडामा लिएर सेल्टर सञ्चालन गर्दै आएको छ । कोरियामा नेपालीहरुलाई परेका समस्या दुर्घटना, विमार, काम छोड्दा, तलव नपाउदा, थेजिकमको समस्या पर्ने नेपालीहरुलाई धनकुटा सेवा समाजले सहयोग गर्दै आएको छ । समाजले कोरियामा मात्र नभएर नेपालमा भुकम्प, बाढि, पहिरोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने शिक्षा स्वास्थ्य क्षेत्रमा पनि विपन्न परिवारलाई सहयोग गर्ने गरेको छ ।

सेल्टर ब्यवस्थापन र शिक्षा, स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले छुसकको १२ तारिक आयोजना हुने कार्यक्रममा अन्जु पन्त, पुस्पन प्रधान, निमा रुम्वा, भि टेन, देवेन चेमजोगं, साजन राई, जशोदा सुब्बा, आश्श्रा कुंवरले भब्य मनोरोञ्जन दिलाउनेछन् ।

कार्यक्रम हुने स्थान दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा कार्यक्रमको भब्य तयारी गरिएको छ भने दोगंदेमुनबाट बसको ब्यवस्था पनि गरिएको छ । छुसकको पहिलो दिन टाढा टाढा आउने दर्शकहरुलाई ध्यानमा राख्दै कार्यक्रम दिउसो ठिक २ बजेबाट सञ्चालन गरिने आयोजकले जनाएको छ

प्रतिक्रियाहरू