Home प्रमुख समाचार धनकुटा साङ्गीतिक सौगात भाग १ को पोस्टर सार्बजनिक, कार्यक्रम भब्य बनाउन अध्यक्ष परदेश राईको आग्रह

धनकुटा साङ्गीतिक सौगात भाग १ को पोस्टर सार्बजनिक, कार्यक्रम भब्य बनाउन अध्यक्ष परदेश राईको आग्रह

0
धनकुटा साङ्गीतिक सौगात भाग १ को पोस्टर सार्बजनिक, कार्यक्रम भब्य बनाउन अध्यक्ष परदेश राईको आग्रह

कोरियनहरुको महान चाड ‘छुसकको पहिलो दिन सेप्टेम्वर १२ मा हुने धनकुटा साङ्गीतिक सौगात भाग १ को पोस्टर सार्बजनिक भएको छ।हिजो आइतवार आगमन रेष्टुरेण्टमा पत्रकार सम्मेलन मार्फत धनकुटा सेवा समाजले उक्त पोस्टर सार्बजनिक गरेको हो।सेवा समाजले दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ उदेश्य राखी साङ्गितिक कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा अन्जु पन्त, पुस्पन प्रधान, निमा रुम्वा, भि टेन, देवेन चेमजोगं, साजन राई, जशोदा सुब्बा, आश्श्रा कुंवरले भब्य मनोरोञ्जन दिलाउनेछन् ।

कार्यक्रम हुने स्थान दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा कार्यक्रमको भब्य तयारी गरिएको छ भने दोगंदेमुनबाट बसको ब्यवस्था पनि गरिएको छ । छुसकको पहिलो दिन टाढा टाढा आउने दर्शकहरुलाई ध्यानमा राख्दै कार्यक्रम दिउसो ठिक २ बजेबाट सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई भब्य बनाउन र सहयोग गरिदिन कोरियामा रहेका सम्पुर्ण संघ संस्था र नेपालीहरुलाई अध्यक्ष परदेश राई हार्दिक अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here