धनकुटा सेवा समाजद्धारा धन्यवाद ब्यक्त, छिट्टै आयब्यय सार्वजनिक गरिने

267

धनुकुटा सेवा समाजद्धारा छुसकमा आयोजना गरिएको धनकुटा सांस्कृतिक सौगात भाग १ मा सहयोग पुर्याउने कोरियाबासी सम्पूर्ण नेपालीहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

दिर्घकालिन सेल्टर ब्यवस्थापनको लागि छुसकको पहिलो दिन सेप्टेम्वर १२ मा धनकुटा सांस्कृतिक सौगात भाग १ को आयोजना गरेको थियो । समाजले कलाकार, कोरियाका संघसंस्था, ब्यवसायी, लगायत कोरियामा रहेका सवै नेपालीहरुलाई समाजले धन्यवाद ब्यक्त गरेको हो ।

कार्यक्रम पहिलो चोटी आयोजना गरेको हुदा आफ्ना कमी कमजोरीलाई सुधार गर्दै लैजाने र आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढ्दै जाने समाजका अध्यक्ष परदेश राईले जानकारी गराउनु भएको छ ।

छिट्टै कार्यक्रमको आयब्यय पनि सार्वजनिक गर्ने तयारी भएको धनकुटा समाजले जनाएको छ ।

प्रतिक्रियाहरू