धनकुटा सेवा समाजले छुसकको पहिलो दिन भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै

1692

धनकुटा सेवा समाजले आगामी छुसकको पहिलो दिन सेप्टेम्वर १३ तारिक भब्य सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । सेल्टर र धनकुटा जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले धनकुटा सेवा समाजले कोरियामा पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कलाकार छनोट तथा हलको तयारी भइसकेकोले अव छिट्टै पोष्टर सार्वजनिक गरिने धनकुटा सेवा समाजले जानकारी गराएको छ । धनकुटा सेवा समाजले सांस्कृतिक कार्यक्रमबाट आएको मुनाफाले धनकुटा सेवा समाजले सञ्चालन गरेको सेल्टर र धनकुटा जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रियाहरू