धनकुटा सेवा समाजले छुसकमा सांस्कृतिक कार्यक्रम गर्ने

1058

धनकुटा सेवा समाजले आगामी छुसकमा सांस्कृति कार्यक्रम गर्ने भएको छ । अध्यक्ष परदेश राईको अध्यक्षतामा बसेको बैठकले राईको संयोजकत्वमा धनकुटा सेवा समाजले पहिलो पटक सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

कलाकार छनोट तथा हलको तयारी भइसकेको हुदा अव छिट्टै पोष्टर सार्वजनिक गरिने अध्यक्ष राईले जानकारी दिनु भएको छ । धनकुटा सेवा समाजले सांस्कृतिक कार्यक्रमबाट आएको मुनाफाले धनकुटा सेवा समाजले सञ्चालन गरेको सेल्टर र धनकुटा जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रियाहरू