Home कोरिया हटलाइन धरपकडको अबधिमा १० हजार भन्दा धेरै अबैधानिक बिदेशी कामदारले कोरिया छाडे

धरपकडको अबधिमा १० हजार भन्दा धेरै अबैधानिक बिदेशी कामदारले कोरिया छाडे

0
धरपकडको अबधिमा १० हजार भन्दा धेरै अबैधानिक बिदेशी कामदारले कोरिया छाडे

किशन गौतम ,दक्षिण कोरिया
दक्षिण कोरियाले गत महिना गरेको १ महिने धरपकडको अबधिमा १० हजार भन्दा धेरै अबैधानिक बिदेशि श्रमिक स्वदेश फर्किएका छन l
न्याय मन्त्रालयका अनुसार गत महिना अक्टोबर र नोभेम्बरमा क्र्याकडाउन र स्वैच्छिक प्रस्थान कार्यक्रम मार्फत उक्त संख्यामा अप्रवासी कामदार स्वदेश फर्किएका हुन l

कोभिड–१९ का कारण अत्यधिक संख्यामा बिदेशी श्रमिक भिसा अबधि समाप्त हुदा पनि स्वदेश नाफर्किएपछी सरकारले गत अक्टोबर देखि यहाँ गैरकानुनी रूपमा बसोबास गर्ने वा काम गर्ने विदेशीहरूमाथि कारबाही शुरु गरेको थियो l

क्र्याकडाउन मुख्यतया मनोरञ्जन र मसाज सेवाहरू जस्ता सामाजिक हानि पुऱ्याउन सक्ने क्षेत्रहरूमा र स्थानीय मानिसहरूको रोजगारी, जस्तै रेस्टुरेन्ट, डेलिभरी जस्ता उद्योगहरूमा सञ्चालन गरिएको थियो, मन्त्रालयले उल्लेख गरेको छ।
कुल 3हजार ८ सय ६५ जना गैरकानुनी आप्रवासीहरू क्र्याकडाउनमा पक्राउ परेका थिए र तीमध्ये ३ हजार २ सय ८१ जनालाई जबरजस्ती देश छाड्न आदेश दिइएको थियो l

न्याय मन्त्रालयका अनुसार राष्ट्रियताका आधारमा, थाइल्याण्डका सबैभन्दा बढी १ हजार ४ सय ४१ जना ,भियतनामि ८ सय १४, चीनिया ५ सय ८७ र मंगोलिन १ सय६५ जना थिए l

त्यसैगरी थप ७हजार ३सय ७८ गैरकानुनी आप्रवासीहरूले स्वैच्छिक प्रस्थान कार्यक्रम मार्फत कोरिया छाडेका छन उनीहरुलाई जरिवाना छुट दिइएको छ भने र कुनैपनि प्रवेश प्रतिबन्ध लगाइएको छैन l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here