धादिङ्ग समाज कोरियाको छैठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: सन्तोष अधिकारी चयन

640

कोरियाको राजधानी सियोल स्थित नेपाल हाउसमा सम्पन्न धादिङ्ग समाज कोरियाको छैठौँ अधिवेशनले नयाँ कार्यसमिति छनोट गरेको छ ।

भेलाले अध्यक्षमा पुन: नि.बर्तमान अध्यक्ष सन्तोष अधिकारीलाई दोहोर्याउने निर्णय गरेता पनि कार्यसमितिका अन्य पदाधिकारीहरु भने फेर बदल गरिएको छ । समितिमा चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्ष मनोज थापा, उपाध्यक्ष रमेश श्रेष्ठ र गंगा लोहनी, महासचिव प्रेम गुरुङ, सचिव अतिज ब. घले र राम ब. आचार्य, कोषाध्यक्ष सुवास सिंखडा र सदस्यहरुमा दिपक थापा काजी, कन्चनश्री आचार्य, दिनेश रिजाल, धुर्ब थापा, रामचन्द्र सिंखडा रहेका छन् ।

एन.आर.एन.ए. आई.सि.सि. कोरिया प्रतिनिधी प्रकाश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा प्रदेश ३ एकता समाजका अध्यक्ष किश्वर ब्लोन नियोग, एन.आर.एन कोरियाका उपाध्यक्ष साजन शर्मा र विभिन्न जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

यसै कार्यक्रमको अवसरमा संस्थाको सामाजिक कृयाकलापमा उत्कृष्ट कार्य गर्नेलाई उत्कृष्ट अवार्ड सहित सम्मान गरिनुको साथै रिदम लाईभ कन्सर्ट & सांगीतिक धमाकामा सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र हस्तान्तरण र संरक्षक तथा सल्लाहकारहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रियाहरू