“धादिङ्ग समाज दक्षिण कोरिया” ले सलनालमा छैटौँ अधिबेशन गर्ने

0
148

धादिङ्ग समाज दक्षिण कोरियाले आँउदो फेब्रुअरी ४ सलनालमा छैटौँ अधिबेशन गर्ने भएको छ।

“प्रबासी धादिंगेली एक होऔं,

-- Ad --


धादिङ्गको दिगो बिकास र उन्नतिमा टेवा पुर्याऔं !”

भन्ने मूल नाराका साथ प्रबासी धादिंगेलीहरुको सु:ख-दु:खको साझा चौतारी “धादिङ्ग समाज कोरिया” ले कोरियाको दोश्रो ठुलो चाड सलनालको अबसरमा संस्थाको छैटौँ अधिबेशन गर्न लागेको हो । अधिबेशन ब्यबस्थित र प्रभावकारी बनाउन संस्थाको संरक्षक प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय अधिबेशन आयोजक समिति निर्माण समेत गरिसकेको कुरा समाजका अध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो ।

कोरीयामा रहनुभएका धादिङेली तथा धादिङ्ग प्रेमी सम्पूर्णलाई कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल पारिदिन अयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति: फेब्रुवरी ०४, २०१९ (सोमबार)

समय: बिहानको ११.०० बजे

स्थान: नेपाल हाउस,

सउल जाने तरीका: Seoul Metro Line No.1 동묘앞 Station, Gate No: 4 (동대문 बाट अघिल्लो Station)

अन्य विस्तृत जानकारीको लागि : प्रकाश धमला: 01027203129, साजन शर्मा: 01058032998, सन्तोष अधिकारी: 010-2162-7204 , बसन्त सिम्खडा: 01059564818

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here