धार्मिक अन्धबिश्वासको कारण दक्षिण कोरियामा कोरोना भाइरस ले महामारीको रुप लिएको खुलासा

17788

दक्षिण केरियामा कोरोना कहर सिन्छोन्जी कोक्रिसीयन समुदायमा रहेको धार्मिक अन्धबिश्वासका कारण कुनै रोग लाग्यो भने पनि प्रभु यसुको क्रिपाले उक्त रोग निको हुने भन्ने रुढीबादी परम्पराका कारण  दक्षिण कोरियामा हाल फैलिरहेको कोरोना भाइरस ले महामारी को रुप लिएको खुलासा भएको छ।

इसाई धर्ममा कट्टर पन्थिमानिने  क्याथेलिक धर्मालम्बी हरुको चर्च सिन्छोनॅजी (अर्थात नया संसार) चर्च का हजारौ केरोना भाइरस ले संक्रमित फेला पर्नु नै उक्त इसाई समुदायमा रहेको धार्मिक  अन्ध बिश्वास रहेको  हालै दक्षिण कोरियाको राजधानी सउलमा धार्मिक गुरु हरुले सउल महानगरपालिका ले सभा रेली गर्न बन्देज गरेको भोलीपल्ट फेर्वरी २२ तारिख मा एउटा सभालाइ सम्बोधन गरेको र उक्त सभामा कोरोना भाइरस लागेका हरुलाइ पनि आउन भनिएको तथा प्रथाना गरे १ हप्तामा ठिक हुनेछ भन्ने भनाइ राखेको दक्षिण कोरिया को समाचार संस्ऱ्था योनहाप ले  जनाएको छ।

सउलमा मुख्य चर्च रहेको उक्त चर्चका दक्षिणकोरिया मात्र ११ भन्दा बढी शाखा छन् । सिन्छोन्जी चर्च का कोरियामा मात्र २लाख १० हजार भन्दा बंढी फोलोएर्स हरु छन् । धार्मिक समुदायमा कोरोना भाइरस ब्यापक फैलिएपछी उक्त चर्चका सबै गतिबिधीलाई सस्पेन्ड गरी निगरानी समेत बढाइएको समचार संस्था योनहाप ले जनाएको छ।सिन्छोनजी चर्च ले दक्षिण कोरियामा  बिश्बबिधालय ,अस्पताल लगायत कयौ गतिबीधि हरु संचालन गर्दै आएको छ। यस्तै कोरियाको अर्को ठुलो क्यांथोलिक चर्च म्यायुगंमा पनि कारोना भाइरस ब्यापक रुपमा फैलिएको अनुमान गरिएको छ। भाइरस परिक्षणमा उक्त चर्चका कयौ सदस्यहरु पनि संक्रमित भएकाे पाइएको सरुवा रोग  नियन्त्रण महाशाखा दक्षिण कोरिया ले जनाएको छ।उक्त चर्च का ८० हजार फ्लोयर्स हरु रहेको बताइएको छ।

दक्षिण कोरियामा हाल सम्म ३६२६ जनामा कोरोना भारसको संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भैसकेको छ l संक्रमित मध्ये अधिकांस सिन्छोन्जी चर्चका सदस्यहरु छन् l

प्रतिक्रियाहरू