नयाँ वर्ष २०२०काे अवसर ख्वाङजु कान्छि ग्रुप ले डान्स पार्टी गर्दै

675

गएको वर्षझै यो वर्ष पनि नयाँ वर्ष २०२०काे अवसरमा ख्वाङजु कान्छि ग्रुप ले कोरियाको  ख्वाङजु सहरमा डान्स पार्टी गर्ने भएको छ ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि डिसेम्बर २८ तारिख शनिबार साँझ भभ्य डान्स पार्टी  गर्ने भएको छ ।उत्त कार्यक्रमको बिसेष आकर्सण टकिला सर्ट रहेको आयोजक टिमका सकु थापा ले जानकारी दिनु भयो ।अझ कुरा थप्दै उहा भन्नु हुन्छ ‘ नयाँ वर्ष २०२० काे शुभकामना अादनप्रदान र निरन्तर कामले गर्दा थाकेका मनहरूलाई थाेरै भए पनि मनाेरन्जमा बदलेर पिर ब्यथा भुल्नकालागि यो कार्यक्रमकाे अायाेजना गरिएको हो।’ डान्स पार्टीमा कोरियाकै ख्याति प्राप्त D J K’non को साथमा स्थानियकलाकारहरू बिक्रम लामा र रूबिन काे बेजाेड र्याप प्रतुति रहने छ ।
ख्वाङजु वरपर लगायत कोरिया मा रहेका नेपाली महानुभाबहरूलाई कार्यक्रममा अाई कार्यक्रमलाइ सफल बनाउन अायाेजकले बिसेष अनुराेध गरेको छ ।

प्रतिक्रियाहरू