नास्पतीको फुल, खेती नगरे हुने छ है भुल

459

यो बगैचा फोटोमा पुरै अटाउदैन।१हजार भन्दा बढी बोट छन।चारै तिर मसिनो जालीले बारिएको छ।एकअर्का बोटको बिचमा गाडि जान सक्छ।माथिभने हॉगा हॉगा पात पात जोडिन्छन।फल टिप्न सजिलोको लागि हावाको गति व्यस्थापनको लागि पानिका बोत्तल झुण्डाईएको छ।भिरालो जमिनमा उत्तर दक्षिणमा फैलिएको यो फार्ममा जानि बाटो ,पानि,र बिजुलीका पुर्वाधार तयारी छन।बसन्तको बहारको रुपमा आउनी अतिनै स्वादिलो यो फुल्दै छ फल्दै छ।यस्ता फर्मले पुरै नाजु भरिएको छ।ढकमक्कै फुलेको छ।नस्पतीको बन,फुल सेतै फुलेर,खुसि भयो मन भन्ने लोक लयबाट यो जानाकारीमुलक लेख शुरुवात हुन्छ।

कोरियाको जलनाम्दो खुवान्जु नजिकको नाजु सिमा व्यवशायिक उत्पादन हुने भएकोले ब्राण्डनै नाजु फेको नामले कोरियमा प्रख्यात छ।कोरियन भाषामा फे भनेको एउटै अक्षरले नास्पति बुझॉउछ।कोरियामा एक गॉउ एक उत्पादन एउटा बालीले त्यो क्षेत्रको पहिचान दिँदोरहेछ।पहिचानको कानै खानि ढ्याङरो जातीय मात्र नहुँदो रहेछ।नाजु बजार छिर्ने स्वागत द्वारमा फे को चित्र अंकित छन।मुख्य बजारमा फे कै सालिक छन।नाजुको नास्पति,जङसङको स्याउ,जेजुदोको सुन्तला ,थामयाङको बॉस कोरियाको फलफुल मात्र नभएर कृषि पर्यटनका नमुना पनि हुन।

तँपाईहरुलाई अचम्म लाग्ला!कोरियाको नास्पतिमा भिनाजु(बिया)हुदैनन।नेपालको नास्पती अमिलो र सारो भित्र हड्डि चिथोरे झैँ चिथोर्नु पर्छ तर यॉहाको नास्पती असि नाघेका बुढाबुढीले नि सजिलै खान सक्छन।प्रकृतिले नै एस्तो बनायो भनेर नझुक्किनु होला प्रविधिले एस्तो बनाको हो।आकारमा केहि ठुलो गुलियो पातलो बोक्रो कोरियाको नास्पतीको बिशेषता हो।

नाजुका यि नास्पतीको बारेमा लेखिरँहदा मलाई आफ्नै सेरोफेरो संझेर बहुत मुटु सर्को पार्यो। करिव ४ दसक अघि बिट्रिसले लुम्ले कृषि केन्द्र संचालन गर्दा रसिला आरु नास्पती छपक्कै लगाएको थियो।एकदमै राम्रो उत्पादन दिएको थियो।वरपरका किसानले पनि अनुसरण गरे।त्यो प्रोजेक्ट अहिले नेपाल कृषि अनुसन्धान केन्द्र नार्क भएर संचालनमा छ।ति आरु नस्पती बुढा भए ,रोग लायो ,झिक्रिङग प्राङगणमै गिज्याईरहेका छन।कुनै उत्पादन छैन।पोखरामा अमिलो प्रजातिका फलफुल लोपउन्मुख अवस्थामा छन।तर त्यो नेपाल कृषि अनुसन्धान केन्द्रलाई कहिल्यै मतलव भएन।

उनिहरु बाह्य जिल्लामा कृषिको अनुसन्धान गर्छन तर आफ्नै ऑगनका तरकारी फलफुलको कुनै वास्ता गर्दैनन।कृषि अनुसन्धान गेटसँगै घर जोडिएका दाईलाई तँपॉईले भैसिलाई नुन कसरी खुवाउनु हुन्छ सोध्नुस?उनको उत्तर सके मुठिले नसके ढुम्रीले भन्छन।यस्तो छ नेपालको कृषि अनुसन्धानको अवस्था। हाम्रा देसका कृषि बिज्ञ त प्रपोजल राईटिङ र रिपोर्ट रईटिङमै ब्यस्त छन।दिनभरी घाम तापेर बिताउँछन।भुँडि मात्रै कनॉउछन।त्यहि भिडमा केहि राम्रा पनि छन है ।जस्तै मदनराईले मुस्ताङलाई स्याउको राजधानि बनाए डा केदारबुढाथोकिले प्लाष्टिक घरमा गोलभेडा लगाउन सिकाए।अरु पनि छन।

धागो तानेझै नास्पतीका हॉगा लहरे बालि झैँ जता लए तेतै जानी रहेछन।तल पनि कुनै झारपात छैनन।थोपा सिचॉई फिट गरिएको छ भने पुरै बगैचालाई जालीले सुरक्षा गरिएको छ।राजमार्गकै छेउमा छ ।मानवले त अर्काको बालीमा अनुमति बेगर जॉदैन।दानवले नि चोरेर खॉदैन।जंगली जनावरबाट सुरक्षित गरिएको छ।फललाई सुरक्षा खोल बोटमा नै लगाएको देखियो।फेद मोटाउन नदिने र टुप्पिन नदिने,बेला बेलाको कॉटछॉट नै लटरम्म नास्पती फलाउने काईदा रहेछ।

यसरी नै डॉडापाखामा जे फलफुल हुन्छ ।व्यवशायिकरुपमा लगाउन सके,नँया प्रविधिको अनुसन्धान र अनुसरण गर्न सके हिमाल पाहाड र तराईको बिभिन्न हावापानी भएको जैविक विविधताले भरिपुर्ण हाम्रो देसमा पनि कोरियाको नाजुका नास्पती जस्तै बिभिन्न फलफुल उत्पादन हुन सक्छ।यस तर्फ संवन्धित निकायको ध्यान जावस।सुखि नेपाली संवृध नेपालको सपनामा यस्तै साना तर महत्वपुर्ण बिषयको ठुलो भुमिका हुन सक्छ।जय कृषि जय किसान।भविष्य हाम्रो हातमा छ।- हरिराम भण्डारी हेल्लो नेपाल कोरिया डट कम