
विनय कुमार भण्डारी,सीईडीबी हाईड्रो फण्ड मार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ प्रमुख कार्यकारी अधिकृत छन् । पेशाले इलेक्ट्रिकल इन्जिनियर, हाल इन्जिनियरिङ्ग सेवाको साथमा कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा रहेका भण्डारीको नेतृत्वले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोर्दी खोला जलविद्युत आयोजना निर्माणको लागि अग्राधिकार शेयरमा लगानी आह्वान गरेको छ । भण्डारी सँग यसै विषयमा केन्द्रित रहेर गरिएको कुराकानी:
जिज्ञासा – कहिले देखि जलविद्युत क्षेत्रमा संलग्न हुनुहुन्छ ?
भण्डारी -जलविद्युत क्षेत्रमा संलग्न भएको २४ वर्ष भइसकेको छ । त्यस अवधिको शुरुमा बुटवल पावर कम्पनी लिमिटेडमा आबद्घ थिएँ । दुई पटक गरी १० वर्षको अवधि सम्म त्यस कम्पनीमा कार्य गर्ने अवसर मिल्यो । उक्त अवधिमा स्याङजामा रहेको आँधिखोला जलविद्युत आगोजना (९.४ मेगावाट), प्युठानमा रहेकोझिम्रुक जलविद्युत आयोजना (१२ मेगावाट), ताप्लेजुङ्गमा रहेको कावेली ए जलविद्युत आयोजना (३७.६ मेगावाट), लमजुङ्गमा रहेको न्यादी जलविद्युत आयोजना (३० मेगावाट) र मनाङमा रहेको लोअर मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनामा (१०० मेगावाट) मा काम गरेको थिएँ । त्यसपछि क्लीन इनर्जी डेभलप्मेण्ट बैंक लिमिटेडले सीडीईबी स्थापना गरेपछि यस कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएँ । त्यसपछि ४.४ मेगावाट क्षमताको राधी जलविद्युत आयोजना १८ महिनामा निर्माण सम्पन्न गरियो । हाल दोलखामा रहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेका छौ ।
जिज्ञासा – तपाई संलग्न कम्पनीले निर्माण सम्पन्न गरेको र निर्माणाधीन आयोजनाहरुको अवस्था बारे के भन्नुहुन्छ ?
भण्डारी – हाल सम्म ३ वटा जलविद्युत आयोजना निर्माण कार्य गरिसकेको छ । राधी जलविद्युत आयोजना ४.४ मेगावाटको आयोजना हो । यो आयोजना लमजुङ्गमा अवस्थित छ । १८ महिनामा निर्माण सम्पन्न भएको यो आयोजना विगत साढे २ वर्षदेखि सञ्चालनमा छ । राधी विद्युत कम्पनी लिमिटेडले विद्युत उत्पादन गरेको पहिलो वर्षमा नै आफ्नो शेयरधनीलाई ११ प्रतिशत लाभांश दिन सफल भएका थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार कम्पनीको रेटिङ गर्नुपर्ने व्यवस्था भएको हँदा राधी विद्युत कम्पनी लिमिटेडले इक्रा नेपाल मार्फत ग्रेड थ्री रेटिङ प्राप्त गरेको छ । यो राधी विद्युत कम्पनी लिमिटेडको छिट्टै आइपिओ आउँदैछ । साङ्गेजलविद्युत आयोजना १८३ कि. वा, लमजुङ्गमा अवस्थित आयोजना हो । यो आयोजना १५ वर्षदेखि सञ्चालनमा छ । साङ्गेविद्युत कम्पनी लिमिटेडलेआफ्ना शेयरधनीहरुलाई वार्षिक प्रतिफल दिंदै आएको छ । खुदि जलविद्युत आयोजना पनि लमजुङ्गमा नै अवस्थित रहेकोछ । ४ मेगावाट क्षमताको यस आयोजना विगत १० वर्षदेखि सञ्चालनमा छ । यस्तैदोलखामा रहेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । २०७५ पौष सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर निर्माण कार्य अघि बढाइएको यस आयोजनाले ठेकेदार नियुक्ति गरी हाल हेडवर्कस र पाइपलाइनको कार्य गरिरहेको छ । यसका शेयरधनीहरुलाई समयमा नै आयोजना बन्ने कुरामा विश्वस्त रहन आग्रह गर्दछांै ।
जिज्ञासा – यस कम्पनीकोसञ्चालक समिति र व्यवस्थापन समूहको बारेमा लगानी कर्तालाइ बताई दिनु ?
भण्डारी -यस कम्पनीकोसञ्चालक समितिमा हाल ६ जना अनुभवी, कार्यकुशल र लगनशील सञ्चालकहरु हुनुहुन्छ, जसमा श्री डिकेन्द्र राज कंडेल – अध्यक्ष – अध्यापन तथा गैर सरकारी संस्थामा ३० वर्षको अनुभव (स्थानीय लमजुङ्ग निवासी ‚ श्री विनय कुमार भण्डारी – प्रबन्ध सञ्चालक – जलविद्युत क्षेत्रमा २४ वर्षको अनुभव । श्री अनिल कुमार रुङ्गटा – सञ्चालक – लगानी तथा वित्तिय क्षेत्रमा तथा शेयर बजारमा २० वर्ष भन्दा बढी अनुभव तथा हालको ऋभ्म्द्य ज्थ्म्च्इ ँग्ल्म् ीत्म्। को अध्यक्ष । श्रीमती वर्षा श्रेष्ठ – सञ्चालक – बंैकिङ्ग तथा वित्तिय क्षेत्रमा ३० वर्ष भन्दा बढी अनुभव । श्री उत्तम भ्लोन लामा – सञ्चालक – पूर्वाधार निर्माण र लगानी व्यवस्थापनमा ७ वर्ष भन्दा बढी अनुभव तथा युवा उद्यमी । श्री हरि कान्त खनाल– सञ्चालक – अध्यापन क्षेत्रमा ४० वर्ष भन्दा बढी अनुभव (स्थानीय लमजुङ्ग निवासी) यसरी हेर्दा जलविद्युत क्षेत्रमा लागिरहनु भएका, बैंक तथा वित्तिय संस्थामा कार्यदक्षता प्राप्त तथा स्थानीयको प्रतिनिधित्व सहितको सञ्चालक समिति बनेको छ । यस आयोजनाको व्यवस्थापन लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेडले गर्नेछ । साथै राधी विद्युत कम्पनी लिमिटेडको पनि लगानी रहने छ ।
जिज्ञासा – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वितरण गरेको अग्राधिकार शेयर लगानीकर्ताको लागि के कति कारणले उपयुक्त छ र यो कत्तिको सुरक्षित लगानी हो ?
भण्डारी -लगानीकर्ताले ७.५% वार्षिक प्रतिफल दिने अग्राधिकार शेयरमा लगानी गर्न पाउनुहुनेछ । यो अग्राधिकार शेयरमा लगानी गर्दा आयोजना अवधिमा पनि लगानीकर्ताले आफ्नो लगानीमा प्रतिफल पाइरहन्छन्। अर्को महत्वपुर्ण कुरा, यो अग्राधिकार शेयर र प्रतिफल स्वरुप प्राप्त आम्दानी आयोजना निर्माण सम्पन्न भए पश्चात् दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकमा आषाढ अन्तिम २०७७ सम्म सबै संस्थापक साधारण शेयरमा परिणत हुने हुँदा लगानीकर्ताको शेयर सङ्ख्या बढ्न गई भविष्यमा सोही अनुसारको लाभांश प्राप्त हुनेछ । लगानी सुरक्षाको विषयमा, अन्य क्षेत्रको लगानीको तुलनामा जलविद्युत क्षेत्रको लगानी न्यून जोखिम भएको क्षेत्र हो । यो आयोजना निर्माण लागतको हिसाबले आकर्षक नै मानिन्छ । हाम्रो लागत करिब १९ करोड प्रति मेगावाट छ । यस्तै प्रक्षेपण गरिएको प्रति शेयर आम्दानी १७% रहेको छ । अर्को आम लगानीकर्ताको चासोको विषय भनेको व्यवस्थापक समूह र तिनको कार्य क्षमताको विषय हो । मैले के मात्र भन्न चाहन्छु भने कुनै प्रतिकूल परिस्थिति उत्पन्न भएन भने हामीले भनेको समय भन्दा अगाडि नै आयोजना सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने अठोटका साथ काम गर्दैछौं । यो कुरा हामीले लमजुङ्गमा नै अवस्थित ४.४ मेगावाटको राधी जलविद्युत आयोजना १८ महिनामा नै निर्माण सम्पन्न गरेर देखाइसकेका छौं । ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनाको निर्माण कार्य पनि रफ्तारमा अगाडि बढेको छ । दोर्दी —१ जलविद्युत आयोजामा कुनै पनि ढिलासुस्ती हुने छैन ।
जिज्ञासा – जलविद्युत आयोजना निर्माण गर्दा स्थानीयको अवरोध धेरै हुने गरेको सुनिन्छ, दोर्दी —१ जलविद्युत आयोजनामा त्यस्तो अवरोध होला या नहोला ? त्यस्तो भएमा त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
भण्डारी -लमजुङ्ग जिल्ला जलविद्युत लगानी मैत्री जिल्लाको रुपमा परिचित छ । स्थानीयहरुले अनुचित माग राखेर आयोजना रोक्नु हुँदैन भन्नेकुरा राम्रो सँग बुझिसक्नु भएको छ । जिल्लामा सरोकार समितिहरु मार्फत उहाँहरु आफ्ना मागहरु विधिवत्रुपमा राख्नु हुन्छ । स्थानीयका जायज मागहरु हामी पूरा गर्छौं, तसर्थ स्थानीयको अवरोधको कारणले यो आयोजना निर्माणमा ढिलाइ हुने कुनै सम्भावना छैन । लमजुङ्ग जिल्लामा नै हामीले राधी जलविद्युत आयोजना, खुदि जलविद्युत आयोजना, साङ्गे जलविद्युत आयोजना बनाइसकेको हुनाले कसरी स्थानीयसँग मिलेर काम गर्ने भन्ने बारे हामीलाई राम्रो अनुभव छ ।
जिज्ञासा – अन्तमा थप केहि ?
भण्डारी -हाम्रा प्रतिवद्घताहरु पूरा गर्दै अझ बढी विश्वास आर्जन गर्ने अठोटका साथ काम गरिरहेका छौं । अघिल्लो आयोजना तल्लो खारे खोला जलविद्युत आयोजनाकोलागि कोरियामा कार्यरत नेपालीहरुबाट लगानीको लागि राम्रो रकम संकलन भएको थियो। अब यो दोर्दी—१ जलविद्युत आयोजनाको लागि पनि त्यसरी नै लगानी गर्नुहुन अनुरोध गर्दछांै । कोरियाबाट निवेदन दिनको लागि निम्न स्थानीय व्यक्तिलाई सम्पर्क गर्नुहोला ।
आरपी देवकोटा, लिंक एशिया कम्पनी लि. सुवन स्टेशन गेट १० , सम्पर्क नम्बर ०१० ५८७७५५१२,लिलु डुम्रे ०१०२२६२६४३० र खेम कार्की ०१०६४५३३०५०