निर्माणको अन्तिम चरणमा रहेको मिल्ती हाइड्रोपावरमा लगानी गर्ने अवसर, कोरियाको छेजु र थेजनमा १० तारिख अन्तरक्रिया कार्यक्रम

0
3689

इपिएस कामदारको प्रत्यक्ष लगानीमा निर्माणधिन सानो मिल्तीखोला हाइड्रोपावरले इक्वीटी शेयरका लागि कोरियाका विभिन्न शहरमा अन्तरक्रिया र आवेदन संकलन कार्यक्रमलाई तिब्रता दिएको छ । गत आइतबार आन्सानमा कार्यक्रम र शेयर आवेदन संकलन गरिसकेको मिल्तीखोला हाइड्रोपावरले आउने आइतबार छेजुमा कार्यक्रम गर्दै छ । छेजु र त्यस आसपासमा कार्यरत नेपालीलाई उक्त कार्यक्रममा सहभागी हुन र शेयरमा लगानी गर्न आयोजकले आह्वान समेत गरेको छ । उक्त कार्यक्रममा आवेदन संकलनका साथै कम्पनीको प्रगती विवरण प्रस्तुत र लगानीकर्ताहरु बिच अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार टाढा रहने तथा उक्त अन्र्तरक्रिया कार्यक्रममा सहभागी हुन नसक्ने तर लगानी गर्न इच्छुक महानुभावहरुलाई हुलाक मार्फत् आवेदन फाराम पठाइने व्यवस्था समेत गरिएको छ ।
रामेछाप जिल्लाको मन्थलीमा डेढ वर्ष भित्र निर्माण सक्ने गरी हाइड्रोपावरले आफ्नो काम गरिरहेको छ । इपिएस कामदारको प्रत्यक्ष लगानी तथा नमूना आयोजनाको रुपमा लिइएको हाइड्रोपावरलाई आठ करोड रकम अपुग रहेको छ । सो अपुग रकम इक्विटी शेयर मार्फत पुर्ती गरिने र अहिले सम्म कोरियाका विभिन्न शहरमा गरिएको कार्यक्रमबाट २ करोड ३० लाख रुपैया संकलन भइसकेको जानकारी एसएम इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले दिनु भएको छ ।
कुल ५२ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको ३० करोड ७९ लाख ऋण लगानी रहने छ । निर्माणाधिन आयोजनाको अधिकांश कामहरु सम्पन्न भइसकेको हुनाले उक्त आयोजना लगानीको लागि सुरक्षित भरपर्दो र एकवर्षमै प्रतिफल दिने जनाइएको छ । यस आयोजनालाई दक्षिण कोरियामै रहने नेपालीहरुको समूहले संचालन गरेको हुदा नमुना रुपमा समयमा नै सक्ने लक्ष्य लिइएको संचालक समितिका अध्यक्ष सुरेश लिम्बूले बताउनुभएको छ ।
लगानीकर्ताको लागि आकर्षक मानिएको जलविधुत क्षेत्रमा लगानी गर्न सबै कोरियामा रहने नेपालीहरुलाई आव्हान गरिएको छ । शेयर आवेदन फारामका लागि निम्न ब्याक्तिलाई सम्पर्क गर्न सकिने छ ।
१. ०१०७३१४८०९२ सुरेश लिम्बु, अध्यक्ष
२. ०१०२१९६९१७४ कपिल न्यौपाने, प्रबन्ध संचालक
३. ०१०७५९९९१९२ शुशिल मैनाली, सञ्चालक
४. ०१०४०४९०५३२ सन्तोष श्रेष्ठ, सञ्चालक सुवन एरिया
५.०१०२३०४८२७९ बालकृष्ण त्रिपाठी
६. ०१०७४९८२७३० यम श्रीस सउल
७.०१०६८०१५५२६ सुरज केसी सुवन एरिया
७. ०१०४२२७९५५५ आनन्द सिलवाल आन्सान
८. ०१०६४६१५५०२ रोविन मगर जंगव
९.०१०३०४७१९६० मानसिंह गुरुंग थेगु
१०. ०१०६४४७३६१० गोविन्द बास्तोला थेजन
११. ०१०३४२३३८११ दिलिप थापा किम्हे
१२. ०१०८६७२९३८४ नेत्र चौधरी ओइजम्बु
१३. ०१०८४५२९१९० एशिया मार्ट ख्वाङछन होङसङ

यसैगरी जुन १० तारिख आइतबार छेजुमा हुने कार्यक्रमका लागि सुभद्रा पालुंगवा ०१०९१४३४४३८ र थेजनमा ऐश्वर्य फिल्म प्रदर्शन भएको हलमा हुने कार्यक्रमका लागि ०१०६४४७३६१० गोविन्द बास्तोला र ०१०२३०४८२७९ बालकृष्ण त्रिपाठीलाई सम्पर्क गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here