नेकपाका महासचिव विष्णु पौडेल कोरियामा

2277

नेकपाका महासचिव विष्णु पौडेल दक्षिण कोरिया आइपुगेका छन् । कोरियन सरकारको निम्तोमा महासचिव पौडेल चार दिने भ्रमणमा कोरिया आएका हुन् ।

नेता पौडेललाई स्वागत गर्न नेपाली दुतावासका कार्यवहाक राजदुत किरण शाक्य, प्रवासी नेपाली एकता मञ्चका संयोजक परशुराम सापकोटा लगायत मञ्च आबद्ध विभिन्न पदाधिकारी इन्छन विमानस्थल पुगेका थिए ।

भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने बताइएको छ।

अर्थविद प्रा.डा. गोविन्द नेपालका साथमा कोरिया आइपुगेका महासचिव पौडेल असार १३ गते स्वदेश र्फकने कार्यक्रम छ ।

प्रतिक्रियाहरू