नेपालका बनमा फालाफाल, कोरियामा मालामाल

8181

साठि बर्ष उमेरको कोरियनले चालिस बर्षको नेपालीलाई सँगै उभिएर अरु नेपालीहरुलाई हामि मध्य को उमेरमा बढी हौला? भनेर सोधेपछि हामिले नै अनुहार हेरेर कोरियन आजसि (अंकल)नै कम उमेरको होला भनेर प्वाक्क बोलिदियौ।बिस बर्ष जेठा ति आजसि बुढी औला ठड्यॉउदै हॉस्नुभयो।झन कोरियन युवतिहरु त लवाई खवाईले बुढेसकालमा नि स्मार्ट तरुनि देखिन्छन।ऑखै टिप्ने मोहनीले लठ्ठै परिने यिनको सुन्दरताको राज के होला?

पोषणयुक्त सामुद्रिक खाना,प्रसस्तै सागपात,मसला नभएको उसिनेको खाना समयमा खाने,भविष्यको नेपालीहरु झै चिन्ता लिईरहनु नपर्ने भएर ढुक्क सुखको कारण पनि सोहि उमेरमा पनि कोरियन नागरिक युवा देखिनु अस्वभाविक होईन।तर उस्तै खानपान शैली भएका अरुदेसका उहि उमेरका नागरिक भन्दा नि कोरियन युवा देखिनुको रहस्य के हो?भनेर तँपाईनै सोध्नुस महिला या पुरुषले सेतो जरा देखॉउदै इन्साम छा भन्छन।

यसमा मिसाउने सेतो जरालाई जिन्सेङ भन्दा रहेछन। कोरियामा रेड जिन्सेङ मात्र पाईन्छ।आकारको आधारमा ईन्साम,सान्साम,जाङनेसाम गरेर तिनथरीको जिन्सेङ कोरियामा पाईन्छ। यो एति प्रख्यात छ कि बालबालिका युवायुवती देखि बुढाबुढी सम्मले दैनिक चियाको रुपमा पिउने गर्छन।निश्चित समय सम्म तातोपानीमा डुवाए पछिको खैरो टर्रो झोल नै ईन्साम छा रहेछ।प्राय सवै पेय पदार्थमा यस्को मात्रा मिलॉईदो रहेछ।यो बहुमुल्य जडिबुटी सवै श्रृगारका सामाग्री,नुहाउने सेम्फु साबुनमा समेत निश्चित मात्रा मिलॉईदो रहेछ।एत्ति मँहङगो छ कि एउटा सानो जरालाई नि मान वन अर्थात नेपाली एकहजार पर्नि रहेछ।

हामि नेपाली माल पाएर नि चाल नपाउने रहेछौ।कोरियामा निकै मिहेनतले पाहाडको जंगल नजिक भिरालो जमिनमा लगाईएको यो के बाली होला?जडिबुटी हो कि अनुमान छ।रातो फुल्ने यो बनस्पति नेपालमा कतै देख्नु भयो?लौ न मित्रहरुलाई थाहा भए बिस्तृत जानाकारी पॉउ भनेर सामाजिक संजाल मार्फत सोधेँ।थोरै मित्रहरुले मात्र चासो दिनुभयो।मैले सोधखोज गर्न मन लागेर कोरियन कृषिको जानाकारी भएको एउटा कितावमा एस्को उत्पत्ति नेपालका जंगलहरु भएको तथ्य फेला पारे।

कोरियामा जिन्सेङ उत्पादन गर्ने कंपनिमा काम गर्नि दाजुभाईहरुसँग पनि संपर्क गरियो।ति मध्य पोखराका मिलन भण्डारीले यसको गहिरो अभिरुचि भएको ,छुट्टीमा घर जॉदा वख्ले सामुदायिक बन,भुरे खोरिया,पँचासे संरक्षित बनमा प्रसस्तै देखेको बताए।गॉउघरमा सोधखोज गर्दा यसको स्थानिय नाम रानी मुला ,रानी झारले चिनिने गरेको,पुराना बुढाबुढीलाई दबाई हुन्छ भन्ने जानाकारी भएको तर युवा पुस्ता पुरै बेखवर भएको पत्तो पाए।आफ्नै गॉउमा बहुमुल्य जडिबटी खेर गएकोमा दुखि भएको बताए।साथै उनले नेपाल फर्केर यसको व्यवसायिक उत्पादनमा अनुभवको सदुपयोगको योजना बनाएका छन। १हजार मिटर देखि २हजार मिटर उचाई सम्मका नेपालका मध्य पाहाडमा उत्तरीपानि ढलो हिमालतिर फर्केको जंगलका खोल्साहरुमा प्रसस्तै पाईन्छ भनेर स्थानिय बुढापाका बतॉउँछन।

यो बहुमुल्य जडिबुटी मधुमेहका बिरामि,यौन क्षमता बढाउन,छालाको सुन्दरता बढाउन चाउरी पर्न नदिन,रक्तचाप नियन्त्रण गर्न,महिलाको महिनावारी नियमित गर्न,कपालको सुन्दरता बढाउन,शरिरको तौल घटन नदिन र क्यान्सर समेतको उपचारमा अति उत्तम रहेको जानाकारी बेच्न राखिएको प्याकेटमा स्पष्ट देख्न सकिन्छ।

रोचक पक्ष त यसको उत्पादन प्रकिया छ।बिउ पुरानो बिरुवाबाट फल्ने दानाबाट निकालिन्छ।पहिलो बर्ष बिउ उमार्ने,दोस्रो बर्ष बिरुवा बनाउने र जरा छोप्ने,तेस्रो बर्ष बिरुवालाई छॉयाले बनाउने र जरालाई पराल या गँहुको छुवालिले छोप्ने चौथो बर्ष जरा छोपेको ढकन निकालेर मार्च महिनामा फल टिप्ने जरा भित्राउने गरेर ठ्याम्मै चार बर्ष लाग्छ।

नेपालका जंगलमा फालाफाल पाईने बहुमुल्य जडिबुटिको कुनै सदुपयोग गर्न सकिएको छैन तर मित्रराष्ट्र कोरिया यसको सदुपयोग र व्यवसायिक खेति गरेर मालामाल भएको छ।हाम्रो देसको सामाजिक आर्थिक बिकासमा पनि टेवा मिल्ने र नागरिकको अनुहारमा पनि चमक ल्याउने यो जडिबुटीको खोज र अनुसन्धानको साथै व्यवसायिक उत्पादनमा ढिलो गर्नु हुदैन।

यसको बारेमा खोज अनुसन्धान गरेर वास्तविक अवस्था उजागर गर्न नेपाल सरकार,बनस्पति बिभाग सरकारी तथा गैरसरकारी संघ संस्था,जडिबुटी संवन्धि रुचि भएका आमनेपाली दाजुभाई र कोरियामा रहनुभएका दाजुभाई दीदीबहिनीहरुलाई बिनम्रता पुर्वक अनुरोध गर्दछु।भविष्य हाम्रो हातमा छ,जय कृषि जय किसान।धन्यवाद
भण्डारी हेल्लो नेपाल कोरिया डटकमका लेखक तथा सम्वाद्दाता हुनुहुन्छ ।

प्रतिक्रियाहरू