नेपालको चुत्रो जस्तै कोरियाको ब्लूबेरी

860

तँपाई हामि गॉउघरमा बैशाख जेठमा पाक्ने औसेलु चुत्रो जस्ता सित्तैमा पाईने फलफुल नखाएका सायद कोहि नेपाली छैनौ होला।कॉडा भएको झाडिमा पाकेर कालो भएको अमिलो र गुलियो फल खाएको संझिदा बाल्यकालका ति रमाईला दिनहरुको याद नआउने को होला र?
यो अति नै मिठो फल हो। चुत्रो भन्दा ठुलो तर उस्तैलाई भुत्रो भनिन्छ ।चुत्रो भुत्रो प्रजाति कै उस्तै बोटको ब्यबशायिक उत्पादन गरिएको कोरियामा यो संभवत सबैभन्दा बढी मुल्य पर्ने फलफुल रहेछ।कठै हाम्रो चुत्रो भुत्रो बारीका पाटामा मिल्किरहेको छ। आकारमा केहि ठुलो कॉडा नभएको पात करिव उस्तै डॉठ काटता पँहेलै कलर देखिने यहि सिजनमा फल्ने ठ्याक्कै चुत्रो जस्तै देखिने यो फललाई कोरियामा ब्लुबेरी भन्दा रहेछन।

फलफुलको दर्जामा उच्चकोटिको ब्लूबेरी(नमु फिस्सायो)अति मँहगो छ।यसको व्यवसायिक उत्पादन सजिलो छैन।थोपा सिचॉईको प्रयोग गर्नु पर्ने,बोट नढलोस भनेर टेको लाउनु पर्ने,मल र माटो पनि बनकै जस्तो बनाउन पर्ने,काठको धुलो नै यसको बिशेष मल बनाएको देखियो।

प्राय फलफुलहरु प्रविधिले अर्कै स्वाद र आकारमा बनाईदिने चमत्कारीक कृषि कोरियामा छ।कतै चुत्रो प्रजाति भित्रैको यो ब्लूबेरी त हैन? जो सुकै नेपालीलाई पनि चुत्रोको बिकसित रुप हो कि ?भनेर झुक्काई दिने ब्लूबेरी कोरियामा सर्वाधिक मँहगो छ।

यो देखेपछि नेपालको चुत्रो खेर गएको देखेर मनखत लॉउछ।चुत्रोको अध्ययन अनुसन्धान गरेर यसको बहुउपयोगमा किन पहल हुदैन?ब्लुबेरीबाट जुस,वाईन,जाम,रक्सी ,औसधि बनाउन र अन्तराष्ट्रिय बजारमा बेच्न सकिन्छ भने चुत्रोलाई किन सकिदैन?

बहुमुल्य जडिबटी फलफुल खेर गएको देखेर हामि गरिव हुनुको कारण प्रकृतिले दिएका उपाहारलाई नचिनेर होभन्न सकिन्छ।नेपालका कृषि अनुसन्धान केन्द्रमा प्रपोजल रिपोर्टको खेति हुन्छ तर चुत्रो जस्ता बहुउपयोगि फलको प्रशोधन बजारीकरणको बारेमा अनुसन्धान हुदैन।नेपालका कृषि बिज्ञ र कोरियामा ब्लुब्रेरीमा कार्यरत नेपाली लगायत यसमा रुचि भएका जो कोहिलाई पनि यसको बारेमा भएका जानाकारी दिएर चुत्रोको प्रशोधन र बजारीकरणमा हातेमालो गर्न बिशेष आग्रह गर्दछु।

प्रतिक्रियाहरू