नेपालको पुर्ननिर्माणमा सहयोग जारी राख्ने कोरियाका राष्ट्रपतिको प्रतिबद्धता, नुवाकोटको विद्यालयलाई फेरी आर्थिक सहयोग

0
3443

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले भुकम्पपछिको पुर्ननिर्माणका लागि नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । दुइ वर्ष अघि भुकम्पग्रस्त क्षेत्रको भ्रमण र उद्धारमा सहयोग गरेको माध्यमिक विद्यालयलाई ब्याक्तिगतरुपमा फेरी एक करोड पैतीस लाख वोन अर्थात १३ लाख ४८ हजार २०० रुपैया सहयोग गरेका छन् । सन् दुइ हजार पन्ध्रमा ७ दशमलब आठ रेक्टर स्केलको भुकम्पका कारण क्षतिग्रस्त भएको नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयमा राष्ट्रपति मून र उनका सहयोगीले श्रमदान र आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति मून सन् दुइ हजार सोह्रको जूनमा भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न नेपालमा पुगेका थिए । मून नेपालको भ्रमण बेला कोरियामा पुर्व राष्ट्रपति पार्क गुन्ह्ये विरुद्ध भ्रष्टाचारलाई लिएर विरोध प्रदर्शन भएको थियो । पार्क अपदस्थ भएपछि भएको राष्ट्रपति निर्वाचनमा मुन निर्वाचित भएपछि नेपाल र कोरियन मिडियामा उनले नेपालमा गरेको सहयोगको चर्चा भएको थियो ।

राष्ट्रपति मूनले भुकम्प पछि भ्रमणका बेला आरुखर्कका बालबालिका र स्थानियलाई आफ्नो सहयोग जारी राख्ने बताएका थिए । सोहि प्रतिबद्धता अनुरुप पुनः सहयोग गरिएको जानकारी राष्ट्रपति कार्यलय ब्लु हाउसले जनाएको छ । राष्ट्रपति मूनले केहि महिना अघि आफुले श्रमदान र सहयोग गरेको विद्यालयको पुर्ननिर्माणका बारे चासो राखेका थिए । सो क्रममा बजेट अभावका कारण सम्पन्न हुन नसकेको जानकारी पाएका थिए । त्यसपछि राष्ट्रपति मूनले आफु र आफ्नो सहयोगीबाट एक करोड पचास लाख वोन संकलन गरेका हुन् । एक करोड पचास लाख वोन मध्ये विद्यालयलाई एक करोड पैतीस लाख र बाँकी पन्ध्र लाख वोन यहाँ काम गरेर फर्केका मुटु राेगीकाे स्वास्थ्य उपचारका लागि राष्ट्रपति मूनले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here