नेपालको भुॅई काफल कोरियामा स्ट्रावरी 

377

नेपालमा बनको काफल बनकै चरीलाई भने जस्तै कोरियामा भुॅईको काफल संसारभरीलाई भने झै भको छ।कोरियाको बजारमा ताल्गि अर्थात स्ट्रावरी आईसकेको छ।अन्तराष्ट्रीय बजारमा अत्याधिक मन पराईने यो फलफुललाई नेपालमा भुॅई काफल भनिन्छ ।अहिले सम्म व्यवशायिक उत्पादन भएको जानाकारी छैन।यद्यपि नुवाकोट रसुवातिर सफल उत्पादन भएको जानाकारी छ।कोरियाको प्लास्टिक घरहरुमा धेरै यहि बालि लगाईएको छ।नेपालमा पन्ध्रसय मिटर देखि पच्चिस सय मिटर उचाईमा यो खेति गर्न सकिन्छ ।अति मिठो स्वादिष्ट भएकोले एकदमै महड़गो छ।

नेपालमा स्ट्रावरी भनेको औसेलु जस्तै हुन्छ भनेको सुनेको हो काम त सजिलै होला भन्ठानेको त गारो पो रहेछ।धेरै प्लास्टिक घर भित्र थोरै कामदारले दैनिक 12 घन्टा लगातार काम गर्नु पर्ने हुन्छ ।टिप्ने समयमा ढाड दुख्नि समस्या र मिहेनत अनुसारको पारिश्रमिक नभएकोले काम परिवतर्न गरेको कोरियामा कार्यरत सुर्खेतका प्रदिपजंग शाहिले बताए।

टेवल ताल्गि अर्थात स्ट्रावरी टेवलमा लगाउने पनि गरिन्छ।हेर्दा खेरी ताल्गि रोपेको ठॉउ डिपार्टमेन्टल स्टोर जस्तै देखिन्छ।
यो बिधि तुलनात्मकरुपले सजिलो छ।सर्रर हिडदै सोनसुरे ठेलागाडामा संकलन गर्नुपर्ने भएकोले रमाईलो छ।कुनै जोखिम छैन।हिउदमा प्लास्टिक घर भित्र भएकोले केहि तातो हुने र बर्षा सिजनमा पंखा फिट हुनाले ठिकै छ।प्राय महिलाहरु स्ट्रावरी टिप्ने काममा रहेको पाल्पाकि पुस्पा भट्टराईले जानाकारी दिईन।

यसको बजार ब्यबस्थापनको बारेमा कोरियन नागरिक छिसु भन्छन”यो कोरियाको आन्तरिक बजारको साथै हड़कड़मा र सिड़गापुरमा निर्यात हुन्छ । प्यकेटिड़ गरेर नोड़यप कृषि बिकास बैड़कमा संकलन भएपछि किसानले पैसा पाॅउछन सबै व्यवस्था सरकारको सहयोगमा कृषि बिकास बैड़कले गर्छ।”

15 देखि17’डिग्री तापक्रम चाहिने यो फलको बिरुवा उमार्ने जुलाईमा बिरुवा रोप्ने सेप्टेम्बर महिनामा काम हुन्छ ।यसको फुल सेतो फुल्छ।परागसेचनमा सहयोग पुरयाउन मौरीका घार समेत राखिएको देखियो भने फुल लागेको 30/40 दिनमा सरदर टिप्न तयार हुन्छ ।
प्राय महिला कामदार बढि रुचाईने भएकोले नेपाली युवतीहरु कार्यरत पाईन्छन।मरि बुथ थारीकाजी अर्थात टाउका देखि खुट्टासम्म पसिनाले निथ्रुक्क भईन्छ तर जे भएनी स्ट्रावरीमा काम गर्दा भोक र तिर्खा लाग्दैन।टिप्ता टिप्तै अघाईन्छ खॉदाखॉदै रातोपिरो भईन्छ पोखरा कि सविता बरालको जिकिर थियो।
बिना स्वादै,नेपालमा खेतालीलाई दिनभरी काम गरेर पॉचसय पाउन मुश्किल छ यॉहा दिनको ५हजार पाईन्छ।यो खुसिले जति ठुला दुख:का पाहाड पनि केहि होईनन दाई कमला गुरुङले हॉस्तै भनिन।

अन्तराष्ट्रीय बजारमा परिचित यो फल मध्यपाहाड खोॅच र उपत्याकाहरुमा राम्रो हुन सक्छ । नेपाल पर्यटकिय देस भएकोले याॅहा फलेको स्ट्रावरी चाख्ने रहर पर्यटकलाई हुने भएकोले यसको व्यवशायिक उत्पादनको भविष्य हुन सक्छ।संसारभरीका पर्यटक आउने हाम्रो देसमा यस्को व्यवसायिक उत्पादन गर्न प्राविधिक सिप लिएर फर्केका नेपाली श्रमिकहरुलाई राज्यको सहयोग भएमा देसको आम्दानी बढाउन टेवा मिल्ने देखिन्छ।भविष्य हाम्रो हातमा छ।
हरिराम भन्डारी