नेपालको रात्री स्कूल नन्दी लाई कोरियन प्रहरी र नागरिकको सामूहिक सहयोग

604

नेपालको एक मात्र रात्रिकालिन स्कूल नन्दी  लाई कोरियन प्रहरी र नागरिकले सामूहिक सहयोग गरेका छन् । ह्वासङस्थित प्रहरी र स्थानिय मिलेर स्कुललाई १० वटा कम्प्युटर सहयोग गरेका हुन् ।

कोरियन प्रहरी योङ पिल यूको उपस्थितिमा मंगलबार स्कूल लाई कम्प्युटर हस्तान्तरण गरिएको थियो । ह्वासङ नेपाली समाजका अध्यक्ष दिपक बन्जाराले कम्प्युटर हस्तान्तरणमा संयोजन गरेका थिए ।

सन् २ हजार ४मा स्थापना भएको नन्दी स्कुल राजधानी काठमाण्डौंको नक्सालमा अवस्थित छ । ४ वर्ष अघि गएको भुकम्पले समेतले क्षति पु¥याएको उक्त स्कुलमा महिला, दिनमा पढ्ने अवसर नपाएका १ सय ३० भन्दा बढी विद्यार्थीले अध्ययनरत छन् ।

प्रतिक्रियाहरू