नेपालमा एक वर्षमा रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो, कोरिया सातौ स्थानमा

1176

नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा घटे पनि विदेश पुग्नेहरुको कमाइबाट भित्रिने रेमिट्यान्स ९विप्रेषण०मा भने वार्षिक रुपमै सुधार हुँदै आएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा विप्रेषणको आप्रवाहमा ८ दशमलव ६ प्रतिशतले वृद्धि आएको जनाइएको छ।

आर्थिक वर्ष २०७३र०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४र०७५ मा ८ दशमलब ६ प्रतिशतले रेमिट्यान्सको रकम वृद्धि भएको छ। बैंकले सार्वजानिक गरेको प्रतिवेदन अनुसार गएको एक वर्षमा ७ खर्ब ५५ अर्ब ६० करोडभन्दा बढी रुपैयाँ रेमिट्यान्स विभिन्न देशमा कार्यरत श्रमिकले नेपाल पठाएका छन्। यसअघि आर्थिक वर्ष २०७३र०७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ तथा २०७२र०७३मा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाली कामदारले पठाएका थिए।

अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह ४ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो आर्थिक वर्ष २६ दशमलब ३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात गत आर्थिक वर्षमा २५ दशमलब १ प्रतिशत रहेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष जिडिपी कम देखिएको हो।

सबैभन्दा धेरै रेमिट्यान्स मलेसियाबाट

मलेसिया रोजगारीमा जाने श्रमिकको प्रक्रिया रोकिएपनि गत आर्थिक वर्षमा त्यहाँबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्ष कुल रेमिट्यान्सको २९ प्रतिशत हिस्सा मलेसियाको रहेको बैंकले जनाएको छ।

मलेसियापछि धेरै रेमिट्यान्स कतारबाट भित्रिएको छ। कुल हिस्सामध्ये कतारबाट २८ दशमलब ८, युएईबाट १६ दशमलब ८, साउदी अरबबाट,११ दशमलब ४, कुवेतबाट ४ दशमलब ९, बहराइनबाट १ दबमलब ४ र दक्षिण कोरियाबाट १ दशमलब ३ प्रतिशत रेमिट्यान्स गत आर्थिक वर्षमा नेपाल भित्रिएको छ। सबैभन्दा कम विप्रेषण कोरियाबाट भित्रिएको देखिन्छ। मलेसिया र खाडीका ६ देशबाट धेरै रेमिट्यान्स नेपाल आउने गरेको हो।

विदेशिने नेपालीको संख्यामा पनि १०।१ प्रतिशतले गिरावट

श्रम स्वीकृति ९पुनः श्रमस्वीकृति बाहेक०का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४र०७५ मा अघिल्लो वर्षको तुलनामा १० दशालब १ प्रतिशतले घटेको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने यो संख्यामा ४ दशमलब ७ प्रतिशतले गिरावट आएको थियो।

 

बैंकका अनुसार गत आर्थिक वर्षमा मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरब, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ।

गत आर्थिक वर्षमा कामको खोजीमा ६ लाख ३३ हजार युवा विदेशिएका थिए। आर्थिक वर्ष २०७३र०७४ मा संस्थागत र व्यक्तिगत गरी यो संख्या ६ लाख ५६ हजार ८ सय थियो। अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष रोजगारीको खोजीमा विदेशिने महिलाको संख्यामा पनि गिरावट आएको देखिन्छ।

नेपाललाइभबाट

प्रतिक्रियाहरू