नेपालमा सुपरहिट चलचित्र ए मेरो हजुर ३ यहि आईतवार सउलमा प्रर्दशन हुदै

474

नेपालमा सुपरहिट चलचित्र ए मेरो हजुर ३ यहि आईतवार मे २६ तारिक सउलमा प्रर्दशन हुदैछ । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको प्रेम भावलाई चलचित्रमा देखाउन खोजिएको छ । सुहाना झरना थापाकी छोरी हुन् ।

सुनिल कुमार थापाको निर्माणमा तयार भएको फिल्म ‘ए मेरो हजुर ३’लाई झरनाले नै निर्देशन गरेकी हुन् । म्यूजिक लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको साथमा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय छ

ईलामेली समाज दक्षिण कोरियाले सुर्योदय र हरियाली इलामेली पहिचान पर्यटन प्रर्वद्धन र समाज सेवा हाम्रो अभियानको नारा सहित उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो । प्रर्दशनीबाट भएको मुनाफालाई ईलाम जिल्लामा शिक्षा तथा अनाथलाय भवन निमाणमा सहयोग गर्ने उद्देश्य रहेको आयोजक कमिटिले जानकारी दिएको छ ।

कोरियाको राजधानी सउल दोङदेमुन स्थित रहेको छोङनोकुकमिन हवेगानमा दिनको ठिक १२ बजे देखि शुरु हुने उक्त चलचित्र प्रर्दशनीमा कोरियावासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितको लागी आयोजक कमिटिले हार्दिक अनुरोध गरेको छ ।

कोरियामा ए मेरो हजुर ३ भब्य प्रर्दशन हुदैछ

कोरियामा ए मेरो हजुर ३ भब्य प्रर्दशन हुदैछ

Posted by Hello Nepal Korea dot com on Sunday, May 5, 2019

प्रतिक्रियाहरू