नेपालीद्वारा काेरियन सहकर्मीमाथि छुरा प्रहार

0
9629

छेजुदोमा कार्यरत एक नेपालीले आफ्नै कोरियन सहकर्मी माथि छुरा प्रहार गरेका छन् । अत्यधिक मदिरा सेवन गरी सँगै कम्पनीमा  काम गर्ने काेरियनलार्इ छुरा प्रहार गरेकाे स्थानीय अनलाइन पत्रिका www.jemin.com ले जनाएकाे छ । उक्त घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।

छेजुदाे निवासी नेपालीहरूकाे दिदी भनेर चिनीने शुभद्रा पालुङ्गाले बताएअनुसार नेपालीले गम्भीर गल्ती गरेकाे बताइन्। हालसम्म याे घटनामा संलग्न नेपालीकाे नाम उनकै अनुराेधमा सार्वजनिक नगरिएकाे उनले बताइन् । नेपाली राजदूतावासलार्इ घटनाकाे बारेमा जिज्ञासा राख्दा घटना अनुसन्धानकाे क्रममा रहेकाे बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here