नेपाली अल्ट्रा धाविका मीरा राई कोरियामा सम्मानित

758

नेपाली अल्ट्रा धाविका मीरा राई कोरियामा सम्मानित भएकी छिन । गैर आवसिय नेपाली संघ दक्षिण कोरियाले आज एक कार्यक्रमको आयोजना गरि राईलाई सम्मान गरेको हो ।

एनआरएन अध्यक्ष लक्ष्मी गुरुगंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि होगं गिल उम, विशेष अतिथी धाविका मिरा राई लगायत एनआरएन कोरियाका विशिष्ट ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

सउल स्थित दोगंम्यो आफ्मा अवस्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष गुरुगंले मिरा राईले नेपाल र नेपालीको नाम विश्व जगतमा उच्च राखेकोमा बधाइ दिदै अझ निरन्तर सफलताको कामना ब्यक्त गर्नुभएको थियो ।

सम्मानित मिरा राईले आफू कोरियामा सम्मानित हुन पाउदा एनआरएन कोरिया लाई धन्यावाद दिदै आफूले गरेको सर्घषका बारेमा जानकारी गराउनु भएको थियो । राईले आफुले खोलेको फाउन्डेसनको बारेमा बोल्दै आफूजस्तै सर्घषशिल खेलाडीहरुलाई फाउन्डेसन मार्फत सहयोग गर्न सकिने जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपालको सगरमाथा लगायत नेपालका धेरै भन्दा धेरै हिमाल आरोही होगं गिल उमले सवैलाई  बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई संघका सचिव केशव थापाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम पश्चात डिनरको ब्यवस्था गरिएको थियो ।

को हुन मिरा राई

मीरा राई (जन्म ३१ डिसेम्बर १९८८) नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू हुन्। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी छिन्। मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरमा साहसी वर्ष व्यक्ति २०१७ को उपाधि हासिल गरेकी छन्।

मीरा २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

 

 

प्रतिक्रियाहरू