
कोरिया स्थित नेपाली दुतावासले “भिजिट नेपाल २०२०” को कार्यक्रम फाइभ स्टार होटेलमा सुटुक्क गरेको प्रति कोरियामा रहेका नेपालीहरुले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त्त गरेका छन्। कार्यक्रम (अप्रिल २३,मंगलवार) लोट्टे होटेलमा सम्पन्न गरेको थियो।
नेपाल टुरिजम बोर्ड – NTB (Nepal Tourisium Board) र नेपाली राजदुतावास (Embassy Of Nepal) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरेको सामाजीक सञ्जालमा देख्न सकिन्छ।
कार्यक्रमबारे कोरियामा रहेका पत्रकार, समाजसेवी, बुद्दिजिवी, व्यवसायी तथा सामाजीक अभियन्ता शुभेच्छुकहरु बेखबर रहेको सामाजीक सञ्जालमा देख्न पाइन्छ भने कतिपयले दुतावासको यो कदम प्रति खेद व्यक्त्त गरेका छन्। यता “भिजिट नेपाल २०२०” को प्रचार-प्रसारको लागि गत आइतवार मनाङ परिवार दक्षिण कोरियाले भने कोरिया कै दोबोङ्सान पहाडमा सयौँको संख्यालाई लिएर हाइकिङको कार्यक्रम आयोजना गरेको थियो।
स्मरण रहोस्, गत वर्ष पनि दुतावासले सिमित संस्थाका प्रतिनिधि र व्यक्त्ति बिशेषलाई मात्र आमन्त्रित गरि दुतावासको बन्द कोठा भित्र संविधान दिवश मनाएको प्रति कोरियावासी नेपालीहरुले आलोचना गरेका थिए।
त्यस्तै, कोरिया स्थित नेपाली दुतावास नेपालीहरुको समस्या प्रति गैर-जिम्मेवार वन्दै गइरहेको प्रति एनआरएनएको आरोप पनि रहेको छ।