नेपाली दुतावास कोरियाले कामदारको कोटा थप वृद्दिको लागि गरिएको प्रवर्धनात्मक तथा कोरिएन रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

372

नेपाली राजदुतावास सउलले, गिमहे माइग्रेन्ट हाउस को सहयोगमा यही अप्रिल १२, २०१९ मा कोरियाको दक्षिणी क्षेत्रमा रहेको औद्योगिक नगर गिमेमा नेपाली कामदारहरुलाई थप रोजगार कोटा बृद्धिका लागी प्रवर्धनात्मक कार्यक्रम आयोजना गरेको छ । हालै भएको दरखास्त संकलनमा सन् २०१९ मा हुने ईपिएस परीक्षाका लागी ९२,००० भन्दा बढी नेपाली युवाहरुले दरखास्त दिएका र विगतमा उत्तिर्ण भएर पनि कोरियामा रोजगार अवसरको प्रतिक्षामा रहेका युवाहरुको संख्या उल्लेख्य भएकोले कोटा बृद्धिका लागि राजदुतावासले विशेष पहल र पैरवी गर्न थालेको हो ।

यस अघि पनि श्रम मन्त्रालयको बैठकमा समेत राजदूतावासले कोटा वृद्धिका लागि विशेष आग्रह गरेको थियो ।

कार्यक्रममा यो विषयमा नेपाली राजदूतावासका श्रम काउन्सेलर डिल्लीराम बांस्तोलाले नेपाली कामदारका विशेषता बारे जोड दिदै प्रस्तुती समेत गर्नु भएको थियो । जम्मा ४ भागमा विभाजित प्रस्तुतीमा श्रम काउन्सेलर वांस्तोलाले सन् १९६० ताका नेपाल र दक्षिण कोरिया समान सामाजिक आर्थिक अवस्थामा रहेता पनि हाल आर्थिक, सामाजिक र प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरी अमेरिकि डलर ३०००० भन्दा बढी प्रतिव्यक्ति आय गर्न सफल भएको बताए । सन् १९७४ मा दुवै देश वीच दौत्य सम्बन्ध भए यता कोरियाले नेपालको विकासमा उल्लेख्य सहयोग गर्दै आएको र सन् २००७ मा भएको ईपिएस सम्झौताले यो सम्बन्ध अझै कसिलो बन्दै गएको वताए ।

न् त्य न् प्रणालीमा आधारित ईपिएस प्रणाली अन्तर्गत हालसम्म ५९,००० नेपालीहरु कोरियामा रोजगार पाएको, अवधि सकेर धेरै फर्कि सकेका र हाल कोरियामा करिव ३२००० कामदार कार्यरत रहेको उनले बताए । कामदारहरुलाई स्वेच्छीक घर फिर्ति ( ज्बउउथ च्भतगचल ) का लागि मासिक रुपमा कार्यक्रम सञ्चालन गर्दै आएकोले नेपाली कामदारहरुको गैह्रकानूनी बसाई दर सवैभन्दा कम (करिव २ प्रतिशत) मात्र रहेको, कोरिया सरकारले नेपाललाई ईपिएस कामदारहरु पठाउने सम्बन्धमा गरेको राम्रो व्यवस्थापनका लागि सन् २००९,२०११ र २०१३ मा “ द्यभकत एचबअतष्अभ इगतकतबलमष्लन बधबचम ‘’ नै प्रदान गरेको संस्मरण गर्नु भयो । प्रस्तुतीमा नेपाली कामदारहरुको विशेषतावारे चर्चा गर्दै विषम भौगोलिक परिस्थिति –हिमाल, पहाड र तराई) मा बाल्यावस्था देखि नै कडा शारिरिक परिश्रम गर्न अभ्यस्त नेपाली युवाहरु शरीरिक रुपमा निकै बलिया रहेका, कडा परिश्रम, साहसी र ईमान्दारिताका साथ हिमाल आरोहणका लागि लागि विश्व प्रसिद्ध शेर्पा जाती नेपालमा रहेको, नेपालीहरु विश्वप्रसिद्ध बहादुर सिपाहीकोरु पमा गोर्खा सिपाहीको रुपमा विश्वभरी परिचित रहेको बताउदै हालै सम्पन्न सिंगापुर सम्मेलन (अमेरिका र उत्तर कोरिया बीच) सम्मेलनमा सुरक्षा समेत गोर्खा फौंजले दिएको स्मरण गरियो ।

साथै नेपाली सेना विश्वका धेरै देशमा शान्ती स्थापना कार्यमा लागि परेको कार्यक्रममा बताइएको थियो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा गौतम बुद्धको जन्म, नेपालको लुम्बीनीमा भएको स्मरण गर्दै नेपालीहरु सवल, सक्षम, असल संस्कार,अनुशासित, चरित्रवान, हजारौं वीचको परीक्षामा पास भएर आएकाले भाषा राम्रो बुझ्ने , शिक्षित भएकाले छिटो कुरा बुझ्ने भएकोले समेत नेपाली कामदारहरु कोरियन रोजगारदाताको रोजाईमा रहेको बताइएको थियो । रोजगारदाताको मन र विश्वास जित्न नेपाली कामदारहरु सफल भएको समेत बताइयो । कोरियामा पछिल्ला वर्षहरुमा नेपाली कामदार रोजगारदाताको रोजाईमा प्रथम स्थानमा रहेता पनि कोरिया आउन चाहनेको संख्या करिव ९० हजार बढी हुने तर वास्तविक रोजगार पाउनैको संख्या ७ वा ८ हजार मात्र भएकोले नेपाली कामदारहरु रोजगार दिन रोजगारदातालाई आग्रह गरियो । नेपाललाई थप रोजगार कोटाका लागि कोरियाको श्रम मन्त्रालय तथा एचआरडि कोरिया लगायत सम्बद्ध निकायमा कुटनैतिक पहल समेत गर्दै आएको छ । गरीविको रेखामुनी करिव २१ प्रतिशत जनता रहेको नेपालले सन् २०२२ सम्म नेपाललाई विकाससिल राष्ट्रको रुपमा रुपान्तरण गर्ने संकल्प गरेको छ । नेपाली राजदुतावासका कार्यवाहक राजदुत किरण शाक्य समेतको उपस्थितीमा सम्पन्न कार्यक्रममा कोरियामा रहेका विभिन्न विशिष्ट कोरिएन व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो भने सो कार्यक्रममा करिव ५० जना कोरिएन रोजगारदाताहरुले आफ्नो प्रस्तुतीकरण दिएका थिए। साथै, कार्यक्रममा सहभागिहरुले सोधेका जिज्ञासाहरुको राजदुतावासका अधिकारीहरुले जवाफ दिएका थिए ।