नेपाली नयाँ वर्षमा किम्हे सिस्टरहुटले खुल्ला एकल नृत्य प्रतियोगिता गर्दै

622

किम्हे सिस्टरहुटले (Gimhae Sisterhood) यहि आउदो मे-५ तारिक आइतबार नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नयाँ बर्षको शुभकामना आदान-प्रदानका साथमा विदेशी भुमिमा रहेर पनि आफ्नो प्रतिभा प्रष्फुटन गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको किम्हेवाट बिष्णु बन्जाडेले बताएकी छिन्।

प्रतियोगितामा सहभागीको लागि निन्न नियमहरु रहेका छन्।

१) प्रतियोगीले जुनसुकै नेपाली गीतमा नृत्य प्रदर्शन गर्नुपर्ने

२)  एकल नृत्य हुनुपर्ने

३) पुरुष या महिला जो पनि सहभागी हुन पाउने

४)  प्रतियोगीले दर्ता शुल्क स्वरूप ५० हजार कोरियन वन बुझाउनुपर्ने

उत्कृष्ट ३ जनालाई आयोजकले आकर्षण नगद पुरस्कारको सहित प्रमाणपत्रको ब्यवस्था पनि गरिएको जनाएको छ।

थप जानकारीको लागि सम्पर्क मोबाइल न. ०१०-६८१२-४५२६, ०१०-८६८५-८५३९

प्रतिक्रियाहरू