नेपाली बिधार्थी समाज दक्षिण कोरिया ( सोनसिक)मा रहदाको एक अनुभूति

364

सेप्टेम्बर १ २०१८ इन्छनको युनिसेफको हलबाट निर्विरोध निर्वाचित हुदा मनमा धेरै उर्जा अनि झिनो संसयले लडिबुडी खेल्दै थिए l अवको एक वर्ष नेपाली विधार्थी समाज कोरिया(सोनसिक)को नेतृत्व म संगै हामी १३ जनाको काँधमा आएको थियो l चुनौती त थियो संगसंगै सस्थाको गरिमालाई कायम राख्दै गतिविधि संचालन गर्नुपर्ने पहाड जस्तै अजंगको व्यवस्थापकीय जिम्मेवारी पनि l १५ बर्षे किसोर सस्थाको कमान सम्हाल्न उस्तै उर्जा अनि महत्वकांक्षा बोकेर हामीले हात उठाएका थियौ l वितेका केहि संस्करणमा चुनावी माहोलको छाँयामा रुमालीएको सोनसिकको साधारण सभा त्यो दिन छुट्टै इतिहास कोर्न आएको थियो l  एकता अनि भाइचाराको l मित्र रमेश परियारजीको त्यागले त्यो सम्भव बनाएको थियो l त्यस पछीको वातावरणले लाग्थ्यो सोनसिकको पुनर्जन्म भएको छ l
अव एक वर्ष काम गर्नुथ्यो पुराना कार्यहरुलाई निरन्तरता दिदै नयाँ केहि गर्न सकिन्छ कि प्रयास गर्ने सहमति भयो कार्यसमितिमा l पहिलो कार्यक्रम गर्ने क्रममा कोरियामा रहेका अरु नेपाली संघ सस्था संग परिचय साटासाट ले सोनसिकलाई अन्य नेपाली समुदाय संग जोड्ने प्रयत्न थियो l नेपाली चाडबाड आउछ हामी घर सम्झिन मात्र सक्छौ किन आफै बसेको ठाउँ लाई घर नबाउने ? दुतावासको आगनमा भैलो गुन्जियो हामी नाच्यौ लाग्यो हामिले घर बिर्सीयौं केहि पलको लागि मात्र किन नहोस l समितिका साथिहरुको बलियो साथ अनि सल्लाहकार अग्रजहरुको दिसानिर्देशले ममा  हौसलाको रगत बगिरह्यो l
आ आफ्नो अध्ययन त छदै छ बाकी के छ ? न देश छ न परिवार छ यो परदेशमा l अध्ययनले कसलाई के दिन्छ ? देशलाई के दिन्छ ? गम्भीर बनायो l भलै आफ्नो माटो होइन तर आफ्नो माटोलाई बाटो दिने ज्ञान शिप त छ नि किन नदिने ? कसरि दिने कुन तरिकाले दिने ? डिसेम्बरको जाडोमा इक्सान सहरको वोंक्वन विश्वविध्यालाको प्रेक्षालयको बहस लाग्थ्यो “देशले रगत मागे” होइन कि “देशले ज्ञान मागे मेरो कलम लैजाउ गुन्जिरहेछ” l म मेरो कार्यसमिति दंग थियौ l साच्चै अपूर्व थियो त्यो संयोग l
“स्वास्थ्य नै धन हो” हामी चलायमान हुनुपर्छ, अप्रिलमा यांग्नाम विश्व विद्यालयको चौरमा हामि घरि भकुण्डोको पछी कुदेयौ घरि भकुण्डो हाम्रो पछी l  घरि खुट्टाले कुदायेउ घरि हात ले उडायौ हामी जित्न दौडियौ l जित हाम्रो भयो l कोरिया भरिका नेपाली विधार्थीको खेलमा न जाल थियो न झेल थियो मात्र तालमेल थियो l छुट्ने बेला मन अमिलो भयो l
“बुद्धम शरणं गच्छामी” ग्वान्जु बोसंगको देवंसा गुम्बामा हामी बुद्द खोज्दै गयौ l बेलुका लैबरी लै रेशम फिरिरीको ताल त्यो पहाडको फेदीको गुम्वामा घन्केको पहिलो चोटी l हामी रमायेउ l अर्को दिन विहान योगाका आसनहरु सहरको कोलाहलबाट धेरै पर l  आवाज केवल चराको चिरबिर चिरविर अनि खोलाको कलकलाहटको, लाग्थ्यो हामी गाउँ होइन बरु गाउँ नै यहाँ आएको छ हाम्रो लागि l  अभूतपुर्व अनुभति थियो l आफ्नै नेपाली खाना हातले मुछेर पेट भरि खायेउ सबैको अनुहार प्रफुल्ल l हामी कार्यसमितिका साथीहरु चंगा भयेउ l दिउसो ग्वाग्जु सहरमा हजार मान्छे, दौरा सुरुवाल गुन्यु चोलीमामा औलामा गनिने थियौ तर हामीसंग चन्द्र सुर्य थियो l सगरमाथाको देशका मान्छे हामी अग्ला भयेउ l एकै छिन्मा विशाल चाक्लो  स्क्रिनमा हाम्रो चन्द्र सुर्य देखियो, छाति चौडा भयो l हामी नाचेउ रमायेउ विदेशीलाई नेपाल  देखायेउ हाम्रो संस्कृति बुझायेउ l
यहाँ हामी मात्र छैनौ l  यहाँ ज्ञान शिप अनि श्रम खोज्न संसारबाट यहाँ हुर्रीएकासँग सहकार्यको खोजि थियो l संयोग जुर्यो, बंगालादेश अनि फिलिपिन्सको विध्यार्थीहरुसँग ज्ञान बाड्ने l यो नौलो प्रयासले अनुभवको एउटा शृंखलामा थपिएको थियो l यसरि कहिले मन्त्री भेटेर, देश कस्तो छ सोध्यौ, हाम्रो ज्ञान छर्ने बाटो बनाइदेउ आग्रह गर्यौ l कैले नेपालवाट आएका प्रोफेसर कैले कर्मचारी सबैसंग सँग समृद्दिका बहस गर्यौ l  उनिहरु आउथे यहाँका चाक्ला चिल्ला बाटा हेर्थे, वातानुकुलित हलमा ठुला गफ गर्थे l घुमेर फर्किन्थे हामी चै आसै आसमा l
एक वर्ष पुगेको पत्तै भएन वार्षिक साधारण सभाको माहोल l कोरियाको केन्द्र भागमा अवस्थित वैज्ञानिक सहर थेजनको हानाम विश्वविद्यालयको सभाहल हामी वर्षभरी गरेका कामको पटाक्षेप गर्दै गर्दा हलमा उपस्थितहरुको तालीले मन भरियो l सोनसिकको कार्यसमिति हामी विद्यार्थीको कार्यसमिति हो l हाम्रो सिमितता छ त्यसलाई छिचोलेर सस्थालाई दिने समय अत्यन्त कम छ l वावजुद हाम्रो खटाइले पूर्णता पाएको दिन थियो २४ अगस्ट २०१९ l म अनि मेरो टिम जसरी सबैको सहमतिमा आएका थियौ ठिक त्यसरी नै नयाँ समितिलाई हस्तान्तरण गर्न पाउदा म भावुक भएको थिए l आगामी दिनमा पनि यो निरन्तरता होस् हाम्रो चाहना यत्ति छ l जय होस् l

पौडेल नेपाली बिधार्थी समाज दक्षिण कोरिया ( सोनसिक)का पुर्व सभापति हुन्

प्रतिक्रियाहरू