नेपाली विद्यार्थी समाज कोरियाले छेजुदो भ्रमणसँगै नयाँ सभापति पनि चुन्यो, पौडेल नयाँ सभापति

2832

 

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)को नयाँ सभापतिमा तुल्सी पौडेल निर्वाचित भएका छन् । सोन्सीकको १५ औॅ साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । सेप्टेम्बर १ र २ तारिखका दिन युनेस्को पिस सेन्टर, इचोनमा सम्पन्न साधारण सभाले सर्वसम्मतीमा पौडेलको नेतृत्वमा तेह् सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश देबकोटा, रुपेश कंडेल, प्रदीप शुवेदि र राजेंद्र आचार्य, सचिवमा दीर्घ राज जोशी, सहसचिवमा निर्मल आचार्य , कोषाध्यक्षमा श्री सत्याल र सदस्यमा राजा श्रेष्ठ, दीनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविंद्र मिश्रा चयन भएका छन् ।

साधारण सभाको अध्यक्षता सोनसिक १४ औॅ कार्यसमितिका सभापति बिजय बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली राजदूतावास सउल ट उद्धव न्यौपाने ,अतिथिहरुमा विभिन्न सामाजिक कार्यमा सकृय ब्यक्तित्वहरुको उपस्थित रहेको थियो। सोनसिकले आयोजना गरेको निवन्ध, कविता र भिडियो प्रतियोगितामा विजय हुनेहरुलाई पुरस्कार वितरणका साथै कोरियाबाट स्नातकोत्तर तथा विधावारिधी हुने हरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो ।

साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रम पछि बन्दसंत्र सुरुभएको थियो । दोस्रो दिन जेबुदोको भ्रमण सगै कार्यक्रम सम्पन्न भनेको थियो ।

प्रतिक्रियाहरू