नेपाली विद्यार्थी समाज (सोनसिक) कोरियाको १६ औ साधारण सभा यहि अगस्ट २४ र २५ मा हुने

73

नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले आगामी वार्षिक साधारण सभा यहि अगस्ट २४ र २५ तारिक कोरियाको थेजन शहर स्थित हान्नाम विश्व विद्यालयमा गर्ने भएको छ l सन् २००४ मा स्थापना भएको सोनसिकको आगामी १६ औ साधारण सभामा कोरियामा अध्यनरत विभिन्न विश्व बिद्यालयमा रहेका नेपाली विद्यार्थी तथा अनुसन्धानकर्मीहरुलाई उपस्स्थितिको लागि सोनसिकले हार्दिक निमन्त्रणा गरेको छ l

साधारण सभामा गत एक बर्षमा सोनसिकका गतिविधिहरुको समिक्षाको साथमा विभिन्न सांस्कृतिक प्रस्तुति, सोनसिक स्मारिका विमोचन लगायतका कार्यक्रमहरु पनि गर्ने भएको छ l साथै आउदो एक वर्षको लागि नयाँ कार्यसमितिको पनि निर्वाचन गर्नेछ l अगस्ट २४ तारिखमा हुने उद्घाटन सत्रमा कोरियामा रहेका विभिन्न समुदायको साथमा सोनसिकसंग सहकार्य गर्ने कोरियन सस्थां तथा विदेशी विद्यार्थी संगठनका प्रतिनिधिको पनि उपस्थिति रहने कुरा सोनसिक सभापति तुलसी पौडेलले हेल्लो नेपाललाई बताउनुभयो l

दुई दिने कार्यक्रमको दोस्रो दिन कोरियाको प्रसिद्द समुद्र किनार थेचनमा भिन्न रचनात्मक गतिविधि सहित सम्पन्न हुने सोनसिकले जनाएको छ। १६औ वार्षिक साधारण सभामा सहभागी हुन तलको लिंकमा क्लिक गरि फारम भर्नु हुन सोनसिकले हार्दिक अनुरोध पनि गरेको छ।
रजिस्ट्रेशन लिंक : https://bit.ly/32tZnEp

प्रतिक्रियाहरू