नेपाली विद्यार्थी समाज कोरिया द्वारा दशैँ शुभकामना आदान-प्रदान तथा अन्तरकृया कार्यक्रम सम्पन्न

2049

नेपाली विद्यार्थी समाज (सोन्सिक) दक्षिण कोरियाले हिजो बडादशैँ ,तिहार तथा छट पर्व २०७५ को शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सोन्सिक सभापति तुल्सी पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा द.कोरियामा रहेका बिभिन्न संघ -संस्थाका ब्यापारी तथा बुद्धिजिबीहरुसँग पनि अन्तर्कृया गरिएको समाजले जानकारी दिएको छ ।

सौल स्थित नेपाल हाउसमा सम्पन्न कार्यक्रममा  कोरियामा अध्ययनरत बिद्ध्यार्थी, EPS मार्फत कोरियामा रहनु भएका नेपालिहरु र कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सन २००४ मा स्थापना भएको सोन्सिक १५ औं बर्ष सम्म आइपुग्दा सस्थाको आहिले सम्मको गतिविधिको बारेमा स्पष्ट पारिएको थियो ।
कार्यक्रममा बोल्दै एन आर एन ए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङले सोन्सिकले गर्ने हरेक क्रियाकलापमा आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यसैगरी,एसिया प्यासिफिक उप संयोजक बिनोद कुवरले यहाँ अध्ययन पश्चात नेपालमा आफुले सिकेको शिक्षा ब्यवहारिक रूपमा लगानी गर्न सुझाव दिनु भएको थियो भने नेपाल पर्यटन बोर्ड कोरिया प्रतिनिधि केपी सिटौलाले सोनसिकले ब्यबहारिक रुपमा कोरियामा रहेको ज्ञान शिप अनि पूँजीलाई नेपालमा लैजान अग्रसरता देखाउनु पर्ने टिप्पणी गर्नुभयो  l
कार्यक्रममा बोल्दै NRNA ICC सदस्य तथा सोन्सिकका पुर्व सभापति प्रकाश धमलाले सोनसिकले कोरियामा रहेका अरु संस्थालाइ समेटेर समग्र नेपालका लागि कुनै ठोस कार्ययोजना ल्याउन आग्रह गर्दै  कोरियामा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुदै गर्दा सोन्सिकले खेल्नु पर्ने भूमिका अझै ब्यवस्थित हुनु पर्नेमा जोड दिनु भयो l त्यसैगरी पत्रकार महासंघ द.कोरियाका अध्यक्ष रन्जन राज कुवरले यहाँ रहेका सामजिक सस्थाहरुको क्रियाकलाप योजनाहरु सहजीकरणको लागि छिट्टै नै पत्रकार महासंघका प्रतिनिधि मिडिया संयोजक हुनुपर्ने तर्क राख्दै सोन्सिकले यहाँ रहेका संघसस्थासँग समन्वय तथा सहकार्य गरि अगाडी बढ्न  सुझाब पनि दिनु भयो ।
कार्यक्रममा सोन्सिकका सल्लाहकार अग्नि कोइराला, सोन्सिक पुर्व सचिव केशब थापा,NRNA NCC  द.कोरिया उपाध्यक्ष साजन शर्मा , नेवा पुच: कोरियाका अध्यक्ष पुरु जोशी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरू