नेपाली विद्यार्थी समाज (SONSIK) कोरियाले खेलकुद महोत्सव र नव आगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रम गर्दै

263

नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाले आगामी अप्रिल २७ र २८ तारिख देगु स्थित यङ्नाम विश्व विध्यालय मा खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थीको स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोरियामा रहेका विभिन्न विश्वाविधालयमा अध्ययनरत नेपाली विधार्थीहरुले महोत्सवमा सहभागीता जनाउने भएका छन । कोरियामा अध्ययन गर्न आउनु हुने नव आगन्तुक विधार्थीहरुलाई यहाँको वस्तुस्थितीको वारेमा जानकारी दिन ओरिन्टेसन कार्यक्रम तथा कोरियाको रहनसहन, स्वास्थ्य, कानुन, भाषा आदिका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम र  विविध सास्कृतिक कार्यक्रम पनि गरिने सोनसिकले जनाएको छ ।

त्यस्तै, फूटबल, भलिबल, बास्केट बल, झोक्कु, ब्याड्मिन्टन लगायतका खेलहरु हुने कार्यक्रम संयोजक राजेन्द्र आचार्यले बताउनुभयो । वार्षिक रुपमा संचालन हुने यो खेलकुद मेलामा सम्पूर्ण नेपाली समुदायलाई स्वागत गर्न यङ्नाम विश्वाविधालयमा अध्ययनरत नेपाली विधार्थीहरु आतुर रहेको  स्थानिय आयोजक समिती संयोजक पवन कुमार राउतले वताँउनुभएको छ ।

यसैगरी, सोनसिक सभापति तुलसी पौडेल भन्नुहुन्छ ”कोरियामा अध्ययन गर्न आउने विधार्थीहरु विच खेलकुदको माध्यमबाट मानसिक तथा शारीरिक स्वास्थ्य प्रति सचेतना बढाउने तथा आपसी भाईचाराको सन्देश दिने उदेश्य सहित यो छैटौ संस्करण आयोजना गर्न लागिएको हो” । कार्यक्रमलाई सफल वनाउन कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई “SONSIK खेलकुद मेला” मा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रियाहरू