नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाको सातौँ शैक्षिक सेमिनार भब्यताका साथ सम्पन्न

591

नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाले आफ्नो सातौ शैक्षिक सेमिनार भब्यताका साथ सम्पन्न गरेको छ । दक्षिण कोरियाको इक्सान स्थित वोनखोङ्ग विश्वविद्यालयमा यही डिसेम्बर २९ र ३० तारिख दुई दिन सम्म सेमिनार भएको थियो।

पहिलो दिन “नेपालको संघीय शिक्षा नीतिमा प्रवासमा रहनुभएका नेपालीहरुको भूमिका” विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो भने दोस्रो दिन “नेपालको विकाश र अनुसन्धानमा प्रवासी नेपालीको भूमिका” विषयक कार्यक्रम गरिएको थियो। कार्यशालामा डा.अग्नि कोइराला, डा.देवी बहादुर बस्नेत, डा.एकराज बराल, प्रा.डा.भानु श्रेष्ठ, डा.माधब न्यौपाने, डा.कृष्ण ढकाल, डा.तारामान कडायत, प्रा.डा.मधुसुधन आतरेय, डा.बालकृष्ण घिमिरे तथा डा.सुशील भण्डारीले सहजकर्ताको भुमिका निभाउनु भएको थियो l

केन्द्रीय राज्य प्रणालीको लामो इतिहास बोकेको मुलुकले संघीयतामा शिक्षाका मुद्दा कसरी सही र ब्यबस्थित समाधानको स्वरुप निर्धारण गर्ला भन्नेमा सबैको चासो भए अनुरुप प्रवासमा रहनुभएका नेपालीहरुको पनि त्यति नै चासो रहेको, अझ कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आएका बिज्ञहरुबाट अवको संघिय शैक्षिक ब्यबस्था कस्तो रहदा लाभ हुन्छ भन्ने विषयमा बृहत छलफल भएको थियो। छलफलको क्रममा पाठ्यक्रम, पाठयपुस्तक, पठन–पाठन प्रणाली, अनुगमन, सम्बन्धन, मूल्यांकन, गुणस्तरीय मापन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समकक्षता आदि विषयमा कस्तो नीति नियम तर्जुमा गर्दा नेपालको समग्र शिक्षा व्यवास्था वैज्ञानिक हुन्छ भनेर बृहत छलफल भएको थियो l समुहगत रुपमा भएको छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सबन्धित निकायमा बुझाउने योजना रहेको कुरा सोन्सिक सभापति तुलसी पौडेलले बताउनुभयो

कार्यक्रममा राजदुतावासका उप-नियोग प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि किरण शाक्यले नेपाली डायस्पोराहरुले गरेको अध्ययन अनुसन्धान र अहिले भएको बहस उपयुक्त र सान्दर्भिक भएको बताउदै सोन्सिकले गरेका प्राज्ञिक कार्यहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता कार्यगरी देश बिकासमा टेवा पुर्याउन शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै “हामीले आर्जेको सिप र ज्ञान सहि ठाउँमा उपयोग गर्दा आफू मात्र नभई आफ्ना भाबी सन्ततिका लागि पनि महत्वपूर्ण हुनेछ” एन.आर.एन. ध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो सेमिनारमा डा.देबी बस्नेत, डा.अग्नि कोइराला, डा.रमेश पाण्डे, डा.संजय पौडेल, डा.रमाकान्त लामिछानेले नेपालको अनुसन्धान र विकासमा आफुले गरेका अनुसन्धानलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो l त्यसै गरि डा.बोजिन्द्र तुलाचन, डा.प्रदिप अधिकारी, डा.राघबेन्द्र दत्ता, श्रीकृष्ण आचार्य र रमेश परियारले पनि आफुले गरेका अनुशन्धानको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो l

साथै, कार्यक्रमको अर्को आकर्षणका रुपमा हेरिएको नेपाली भेषभुषामा सजिएर विधार्थीहरुको नेपाली मौलिक शैलीका गीत र नृत्यहरूले कार्यक्रम थप मनोरञ्जन भएको थियो । विदेशमा रहेता पनि यस्तो नेपाली कला, भाषा र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने सस्थाको सांस्कृतिक बिभाग संयोजक टोंकिंग बास्तोलाले बताउनुभयो

सेमिनारमा कोरियाका विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु, कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आएका बिज्ञहरु तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिता ले सोनसिकलाइ आगामी दिनमा अझ प्रभाकारी कार्यक्रम ल्याउन प्रेरणा मिलेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश देवकोटाले जानकारी गराउनुभयो

कार्यक्रममा विशेष अतिथिको रुपमा वोनखोङ्ग विश्वविद्यालयक अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रो.डा.चुंग सु जिन तथा एन.आर.एन. दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङतिथिहरुमा सम्दोंग अन्तर्राष्ट्रियका निर्देशक किम. दो यौंग , सोन्सिकका पूर्व सभापतिहरु, वर्तमान तथा पुर्व सल्लाहकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा कोरियामा अध्ययनरत विद्यार्थी तथा विज्ञहरुको बाक्लो उपस्थिति रहेको थियो l

त्यसैगरी कार्यक्रममा, सोन्सिकको १४औँ कार्यसमितिलाई विदाई कार्यक्रम पनि आयोजना गरिएको थियो भने सभापति पौडेलले पुर्व कार्यसमिति पदाधिकारीहरुलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नुभएको थियो।

प्रतिक्रियाहरू