नेपाली विधार्थी समाज कोरिया (SONSIK) को छैटौँ खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न

202

नेपाली विधार्थी  समाज कोरिया (SONSIK) को छैटौँ खेलकुद महोत्सव तथा नव आगन्तुक  विधार्थीलाई स्वागत  कार्यक्रम भव्यताका साथ सम्पन्न  यहि अप्रिल २७ र २८ तारिख  Yeungnam University मा सम्पन्न  भएको  छ । कार्यक्रमको पहिलो दिन नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कोरियामा अध्ययनरत अग्रज हरुको अनुभव साटासाट तथा  विविध  सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।  SONSIK सभापति  तुलसी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा (SONSIK) सल्लाह्कार डा. मधुसुधन आतेराय (SONSIK) पुर्व सभापतिद्वय डा. तारामान कडायत  तथा आराजना श्रेष्ठ लगायतले  आफ्नो अनुभव बताउनुभएको थियो।

दोस्रो दिन व्रिहत खेलखुद  आयोजना  गरिएको  थियो ।  उक्त मेलामा फुटवल, भलिबल,  बास्केटबल तथा जोक्कु  खेल खेलाइएको थियो । खेलकुद नतिजा अन्तर्गत   फुटवल तर्फ  Ajou University  टिम विजेता तथा Chonbuk National University   टिम  उपविजेता रह्यो भने भलिबलमा Chonbuk  National  University  टिमले   बाजी मार्दा Ajou  University ले दोस्रो स्थानमा चित्त बुझायो ।  त्यसैगरी बास्केटबल र जोक्कु दुबै  खेलमा  Kwangwoon University टिम  विजेता  हुँदा SONSIK टिम र Yeungnam  University टिम  क्रमश उपविजेता  भए ।  SONSIK सल्लाह्कार डा. राजेश चन्द्र जोशी  HANNESA General Secretary  Jung Hong Kwang  तथा SONSIK सभापति तुलसी पौडेलले विजेता तथा उपविजेतालाई  ट्रफी, पदक, प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गर्नुभएको थियो ।

कार्यक्रम अत्यन्त सौहर्दपूर्ण बातावरणमा सफलता पुर्वक सम्पन्न भएको कार्यक्रम संयोजक तथा SONSIK क्षेत्र नं ४ उपसभापति  राजेन्द्र  आचार्यले बताउनुभयो ।  त्यसैगरी SONSIK १५औ  कार्यसमितीको तर्फबाट कार्यक्रम  सफलता  पुर्वक सम्पन्न  गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण  सहयोगी तथा अहोरात्र खट्ने स्थानिय संयोजन समिती  प्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू