नेपाली विधार्थी समाज (SONSIK) दक्षिण कोरियाको वृहत सांस्कृतिक तथा टेम्पल स्टे कार्यक्रम सफलता पुर्वक सम्पन्न

352

नेपाली विधार्थी समाज (SONSIK) दक्षिण कोरियाले वृहत सांस्कृतिक कार्यक्रम तथा टेम्पल स्टे सफलता पुर्वक सम्पन्न गरेको छ। गत मे २५ र २६ तारिख कोरियाको छल्ल्लानाम्दो ग्वान्ग्जु तथा बोसंगमा सम्पन्न कार्यक्रममा

कोरिया भरिबाट नेपाली तथा बिदेशी विद्यार्थीहरु ग्वान्ग्जुमा जम्मा भएर ग्वान्ग्जु सहरको अवलोकन भ्रमण गरेका थिए । ग्वान्जु महानगरपालिकाका विभिन्न स्थानहरुको अवलोकन भ्रमण पस्चात बोसङ् स्थित देवंसा बौद्ध मन्दिरमा नेपाली सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो l

सोनसिक सभापति तुलसी पौडेलको सभापतित्व तथा ग्वान्जु मेडिकल एसोसियसनका प्रमुख डा. छन् संग ह्यनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली विभिन्न जात जातिको भेषभुशा प्रदर्शनी, नेपाली गीत, संगीत अनि नृत्यको प्रस्तुति रहेको सोनसिक सांस्कृतिक समिति संयोजक टोनकिन वास्तोलाले बताउनुभयो । त्यस्तै, कार्यक्रममा योग गुरु डा. मुकुल बासुले योग ध्यानका बिभिन्न मुद्राहरुको बारेमा जानकारी दिदैँ सहभागीलाई प्रशिक्षण पनि दिनु भएको थियो।

यसै गरी बौद्द गुम्बा तथा बौद्द संग्रहालयको अवलोकनको साथमा नेपाली खानाको विभन्न परिकारको अनुभव पनि सहभागीले लिएको उपसभापति प्रकाश देवकोटाले बताउनु भयो । ग्वान्जु सिटीको कम्युनिटी डे कार्यक्रममामा नेपाली गीत संगीत अनि नृत्यको प्रस्तुतिले थप रौनक थपेको कार्यक्रम संयोजक राजा श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा नेपाल चिनाउने विभिन्न सामग्रीको प्रदर्शनी साथै नेपाल भ्रमण् बर्ष २०२० को प्रमोशन पनि गरिएको थियो ।

कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको भन्दै सभापति तुलसी पौडल भन्नु हुन्छ “आफ्नो देश चिनाउने यस्ता कार्यक्रमको आयोजनाले प्रवासमा रहे पनि आफ्नो माटोको माया जगाउने त छदैछ, कोरियाली तथा अरु विदेशी माझ आफ्नो मौलिकता पस्कन पाउनु को छुट्टै आनन्द हुन्छ” l

प्रतिक्रियाहरू