नेपाली सम्पर्क समिति(एन सि सि) कोरियाले महाधिवेशनको मिति तोक्यो,अागामी छुसकमा गर्ने

643

नेपाली सम्पर्क समिति-( Nepalese Consulting Committee) एन सि सि दक्षिण कोरियाको १७अौं महाधिवेशन यहि २०१९ सेप्टेम्बर १४ र १५ तारिख गर्ने भएको छ।संस्थाकी अध्यक्ष अन्जु के सि को अध्यक्षतामा केन्द्रिय कार्य समिति र सल्लाहकार सहित बसेको बैठकले उक्त निर्णय गर्दै मिति घोषणा गरेको हो। कोरियन महान चाड छुसकको लामो बिदामा सबैको फुर्सदलाई बिशेष मध्यनजर गर्दै संस्थाको १७ अौं महाधिवेशन गर्न लागिएको कुरा अध्यक्ष अन्जु के सि ले बताएकी छिन्।कोरियाको सब भन्दा पुरानो तथा लामो ईतिहास बोकेको सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पूर्ण नेपालीहरुको संघ संस्थाका प्रतिनिधित्वलाई समेट्ने मुख्य उद्धेश्य राखि छुसकमा महाधिवेशन गर्न लागिएको भनि अध्यक्ष के सिले प्रष्ट पारिन। महाधिवेशन सम्बन्धि थप तयारी गर्नका लागि बिभिन्न बिभागीय समितिहरु गठन सहित अागामी दिनको बृहत बैठकमा महाधिवेशन मूल अायोजक समिति गठन गरि एन सि सि को साधारण सदस्य बन्न अावहान गर्दै सदस्यता फाराम बितरण गर्ने जानकारी उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ  ले दिएका छन्।

त्यसै गरि एन सि सिको अायोजनामा अागामी हप्ता,यहि जुन १६ तारिख अाईतबार दोंदेमुनको नेपाल हाउसमा हुने “छुसक कार्यक्रम बाँडफाँड कार्यक्रम”को सम्पूर्ण तयारी पुरा भएको कुरा सचिब सुन्दर पन्थीले जानकारी दिए। भने कोरियाका सम्पूर्ण संघ संस्थाहरुका प्रतिनिधिहरु तथा सबै नेपालीहरुलाई सहभागी भै उक्त कार्यक्रमलाई सौहार्द पूर्ण वातावरणमा सम्पन्न गराउनका  लागि एन सि सिले अाग्रह गरेको छ।

प्रतिक्रियाहरू