नेपाली सम्पर्क समिति ( एनसिसि ) कोरियाकी अध्यक्ष अन्जु केसी रिहा ,अबको बसाइ बैधानिक हुने

5315

केहि समय पहिला कोरियन प्रहरीको हिरासतमा परेकी नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाकी अध्यक्ष अन्जु केसी रिहा भएकी छन l कोरियाको दोंङ्देमुन देखि ३ साता  पहिला पक्राउ परेकी केसी बुधबार रिहा भएकी हुन् l

बिगत १८ बर्ष देखि कोरिया बस्दै आइरहेकी केसीको भिसा अबधि समाप्त भएको कारण पक्राउ परेकी थिइन l उनलाई कोरियाको ह्वासंङ् स्थित बिदेशी हिरासत गृहमा राखिएको थियो l बिभिन्न कोरियन संस्था तथा केहि नेपालीहरुले उनको रिहाइको लागि पहल गरेका थिए l

रिहाइ पछी हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उनले अबको केहि समय  आफ्नो  कोरिया बसाइ बैधानिक हुने बताइन l बैधानिक कोरिया बसाइ अबधिमा एनसिसि कोरियाको अधिबेशन  सम्पन्न गराउने लगायतका  अन्य केहि बाकि रहेका सामाजिक कार्यहरु पुरागर्ने  प्रतिबद्वता समेत ब्याक्त गरिन l

स – सम्मान रिहाइ भै बैधानिक हुन् पाउदा अत्यन्तै खुसि लागेको बताउदै केसीले आफ्नो रिहाइको लागि पहल गर्नुहुने केहि सामाजिक ब्याक्तित्व तथा कोरियन संस्था प्रति हृदय देखिने धन्यवाद प्रकट गरेकी छन् l “अफ्ठ्यारो परिस्थितिमा जो जसले साथ दिनुभयो ,जो जसले सुबेक्षा र हौसला प्रदान गर्नु भयो उहाहरुलाई हृदय देखिने नमन गर्न चाहन्छु ” उनले भनिन l

सन् २००१मा कोरिया प्रवेश गरेकी केसीले कोरियामा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेकी छन् l उनले   बुद्व नेपालमा जन्मिएका हुन् भन्ने संदेश फैलाउन नेपालबाट बुद्व प्रतिमा ल्याई कोरियाको योंगिन सहरमा रहेको वाउजङ्सा गुम्बामा राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन l कोरियामा रहेका अधिकांस नेपालीहरुले उनको सामाजिक कार्यको खुलेरै प्रसंसा गर्ने गरेका छन् l

प्रतिक्रियाहरू