नेपाली सामुदायिक समिति ख्वाङ्जु को तेश्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा अरुण क्षेत्री

562

ख्वाङ्जुमा रहेको नेपाली हरुको साझा सस्था ‘नेपाली सामुदायिक समिती ख्वाङ्जु’ ले तेस्रो साधारण सभा सम्पन्न गर्दै चौथो कार्यकालका लागि नयाँ कार्यसमिती चयन गरेको छ ।

यहि मे १२ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको तेस्रो साधारण सभाले अरुण क्षेत्रीलाइ चौथो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै १५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ l

निबर्तमान अध्यक्ष नवीन राइको सभापतित्व मा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधि हरु सहित उल्लेख्य रुपमा नेपाली हरुको उपस्थित रहेको थियो ।

नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रलाई राजु श्री ले सन्चालन गरेका थिए ।भने प्रमुख अथितिको रुपमा आप्रबाशी सेवा केन्द्रका प्रमुख इ जु सङ रहेका थिए ।साथै समितिका पुर्ब पदाधिकारी हरु र अन्य संघ सस्थाका प्रतिनिधिहरु अतिथी रहेका थिए ।कार्यक्रममा बिएमके बिबश ले शुभकामना मन्तव्य राख्दै समितिलाइ अझ शसक्त बनाउन लागि पर्ने बताए ।पुर्ब अध्यक्ष सन्तोष पराजुलीले नयाँ कार्य समिती लाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दै सबैसग हातेमालो गरेर समितिलाइ नया उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रम मा समितिका सह-सचिब देबीराम गिरिले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाको प्रगती को बारेमा छोटकरीमा बताए ।समितिका कोषाध्यक्ष गुरुदत्त पराजुलीले तेश्रो कार्यकालको आर्थिक प्रतिबेदन पेश गरे ।

समिती स्थापना कालदेखी निरन्तर सहयोग गर्दै आएका वरिष्ठ उपाध्यक्ष रामचन्द्र बरालले परिस्थिति लाई आकलन गर्दै अब नयाँ शिरा बाट समिती सन्चालन गरिने बताए ।

झन्डै ७ बर्ष अघि स्थापना भएको नेपाली सामुदायिक समिति ख्वाङ्जुमा रहेका नेपालीहरु माझ लोकप्रिय सस्था हो l यसले नेपाल लगायत कोरियामा दुख सुख मा परेका नेपालीहरुलाई निस्वार्थ भावनाले सहयोग गर्दै आइरहेको छ l  कोरियामा काम छोडेर बसेका नेपालीहरुका लागि नेपाली सामुदायिक समितिले बिगत लामो समय देखि सेल्टर समेत सन्चालन गर्दै आइरहेको छ ।

अध्यक्ष : अरुण क्षेत्री
वरिष्ठ उपाध्यक्ष : रामचन्द्र बराल
उपाध्यक्ष : देबीराम गिरि
उपाध्यक्ष : भक्ती ओडारी
महिला उपाध्यक्ष : गङ्गा लामा लायो
सचिब : धुर्ब नेपाल
सह-सबिच : बालकृष्ण पौडेल
कोषाध्यक्ष : गुरुदत्त पराजुली

सदस्य हरु : केशब पुलामी,सुशील घिसिङ,प्रेम क्षेत्री,रोशन भुसाल,रोज लायो ,शुशान्त तिवारी,सङगम सिलबाल,हरिराम भन्डारी,रेशम लम्साल ,रबिन तामाङ रहेका छन् ।

प्रतिक्रियाहरू