‘नेपाल आइडल’ को उपाधि जित्न सफल भए रवि ओड, पाए २२ लाख नगद र होण्डाको गाडी

639

‘नेपाल आइडल’ को उपाधि धनगडीका रवि ओडले जित्न सफल भएका छन् । आइडलको उपाधि जितेसँगै सुदुरपश्चिमका रविले होण्डाको गाडी र नगद रु २२ लाख प्राप्त गरेका छन् । अवार्ड जितेपछि ओडले यो जित आफ्नो मात्र नभई सारा नेपालीको जित भएको  प्रतिक्रिया  दिदै साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उनले चारै जना नेपाल आइडलको विजेता बनेको पनि बताए।
सोही प्रतियोगितामा बिक्रम बराल फस्ट रनरअप बने भने सुमित पाठक सेकेन्ड रनरअप बनेका छन्। फस्ट रनरअप बन्दै बरालले सिल्भर ट्रफी सहित २० लाख नगद पुरस्कार प्राप्त गरे भने सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।
त्यस्तै अस्मिता अधिकारी थर्ड रनरअप बनेकी छन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।नतिजा आउँदा स्टेजमा उपस्थित ४ जना नै निकै डराएको अवस्थामा देखा परेका थिए ।

शुक्रबार काठमाडौँको पुल्चोक इञ्जिनियरिगं कलेजमा सम्पन्न भएको ग्रान्ड फिनालेमा अस्मिताले उपाधि जित्न सफल भएका हुन् । ग्रान्ड फिनाले सुरु भएसँगै उत्कृष्ट १० प्रतियोगीहरुले अहिले प्रस्तुती दिइसकेपछि अहिले उत्कृष्ट ४ मध्येका प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएपछि बिजेताको नाम घोषणा गरियो । त्यसअघि कमेडियन सन्दिप क्षेत्रीले पेट मिचि मिचि हँसाएका थिए । त्यसअघि टप टेन प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएका थिए । हजारौँको संख्यामा उपस्थित भएका दर्शकहरुले धैर्य धारण गरेर प्रतिस्पर्धा हेरेको दृश्य निकै शानदार देखिएको थियो ।

को हुन् रवि ?

२०५४ मा कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिएका रविको पुर्ख्यौली घरअछामको बुढाकोट हो। पछि पहाडको पखेरोले जिन्दगी धान्न कठिन भएपछि उनीहरु तराई सरे। कञ्चनपुरको गुलरियामा सानो घर बनाए, त्यहीँ बसे।

जीवन धान्न रविका हजुरबुबा र बुबा कामको खोजीमा भारत हानिए। अहिले पनि रविका बुबा भारतमा चौकीदारको काम गर्छन्। चौकीदारी गरेर कमाएको दुईरचार हजार भारुले रविको परिवार पालिँदै आएको छ। आर्थिक अवस्था कमजोर हुँदा रवि कामको खोजीमा १२ बर्षको उमेरमा भारततिर लागे।

त्यहाँ उनले खुबै दुख गरे। तर उनको यो दुख बुुबाले देख्न सकेनन्। त्यसैले नेपाल फर्किए। सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे। विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइ हाल्थे।

घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले। दोहोरी साँझको यात्रा ३ महिना मात्रै चल्यो, किनभने पछि दोहोरी साँझ नै बन्द भयो।

त्यसपछि उनी मध्य पश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुति दिँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए। रविका हजुरबुबापनि गीत गुन्गुनाउने गर्थे। स्थानीय देउडा गायन गर्थे। गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन्।

हजुरबुबाको प्रेरणाबाट गीत गुनगुनाउन सुरु गरेका रविमा विस्तारै गीत र संगीतको नशा चढ्दै गयो। बिस्तारै रवि भित्रको गायन कलाले निखार पायो। र, उनले नेपाल आइडलको मञ्च पाए। ‘नेपाल आइडल सिजन-२’ को पहिलो पटक धनगढीमा पनि अडिसन हुँदैछ भन्ने सूचना रविले साथीहरुबाट सुने।

त्यसपछि नेपाल आइडलको ‘स्टेज’मा गीत गाउन उनले पनि आइडलमा सहभागिता जनाए। रवि जस्ता धेरैले सुदूरपश्चिमको धनगढी अडिसनबाट सहभागिता जनाए, केही छनोटमा पनि परे। तीमध्ये रवि पनि एक हुन्।

 

प्रतिक्रियाहरू