नेपाल गोरखा परिवारको अधिबेसन सेप्टेम्वर २३ मा , हुने बबिता बानियाँ जेरिलाई समेत सम्मान गरिने

1865

सन २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार सामाजिक क्षेत्रमा सकृय सस्थाको रुपमा स्थापित छ । सबै सस्थासगं हातेमामालो गर्दै आएको गोरखा परिवारले नबौ कार्यकाल यहि छुसकमा पुरा गर्दै १०औ अधिबेसनको तयारि गर्दै छ। कोरियालि भुमिमा मात्रै नभएर स्वदेशमा पनि अति नै सकृय छ । स्वदेशको आफ्नो गृह जिल्लामा केन्द्रिय कार्यालय रहेको नेपाल गोरखा परिवार वेलफ़ेयर फ़ाउन्डेशन नामक संस्था स्थापना गरेको स्थापना गरि १३लाखको अक्षयकोष स्थापना गरि आफ्ना सामाजिक कार्य आगाडि बढाउदै आएको कुरा नेपाल गोरखा परिवार अध्यक्ष श्री यदु लामिछानेले बताउनु भयो।नेपालमा स्थापना गरेको उक्त फ़ाउन्डेशनले आफ्नो जिल्ला भरि रहेको द्वन्द पिडित ,अपांङ ,असाह्र बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्रि शैक्षिक सामाग्रि गर्ने र परिवार नै  अपाङ भएको भए निजहरुको बासस्थान निर्माणमा समेत सहयोग गर्दै आएको छ।
नेपाल गोरखा परिवार दक्षिण कोरियाले कोरियामा मात्र नभएर अब विश्व भरि फैलिएर रहेको गोरखालिवासिहरुलाई गोलबन्द्व गर्दै गोरखा परिवार विश्व संजाल नामक संस्था गठन गर्ने तयारि गर्दै छ ।सामाजिक कार्यमा अग्रणी स्थान रहेर काम गर्दै आएको गोरखा परिवारको ध्यान अब विदेशमा सिकेको ज्ञान र सिपलाई आफ्नै देशमा उत्पादन मुलक क्षेत्रमा प्रयोग गरि व्यावसायिक काम गर्ने तयारिमा जुटेको छ।गोरखा परिवारको दशौ अधिवेशनमा नेपालकै  चर्चित लोक गायिक तथा बहुप्रतिभाशालि कलाकार बबिता बनिया जेरिलाई सम्मान गर्ने भएको छ।गोरखा परिवारले आगामी सलनालमा आफ्नो तेश्रो सांस्कृतिक कार्यक्रम पनि गर्ने भएकोले अन्य सस्थाले पनि खुब महत्वका साथ हेरिरहेका छन। गोरखा जिल्लाबाट कोरिया आई बिभिन्न पेसा व्यवसाय गरि बस्नु भएको सर्म्पुण व्याक्तित्वहरुलाई गरिमामय उपस्थित भई अधिबेसन सफल गराईदिन हुन हार्दिक अनुरोध गरेको छ ।कोरियाबासि हरेक गोरखालिबासिको सुख दुखमा साथ दिदै आएको छ।गोरखा परिवारको ऊक्त दशैं अधिबेसन छुसकको पहिलो दिन नेपाल हाउसमा हुदै छ।

स्थान   नेपाल हाउस तुङमोआफ ४नं गेटबाट अगाडि
समय बेलुका ५ बजे
सम्पर्क
यदु लामिछाने ०१०५९२३६९१६
प्रमिला सिमखडा     ०१०६४४८५७०४
बिनोद श्रेष्ठ           ०१०७६१९१४९१
राजेन्द्र श्रेष्ठ           ०१०८७४८२५३८
खडक बहादुर थापा  ०१०३२१८२३९८
खेमराज देवकोटा   ०१०२१७९५९२७
निराजन लामिछाने ०१०४६४७७०३४
सुन्दर बाबु श्रेष्ठ  ०१०३४४६१८७७
उमेश बहादुर थापा ०१०३४२७४५४०
नबराज गुरुङ।      ०१०८३४६८४८६