नेपाल जादै गरेको विमानमा सवार यात्रुलाई बचाएका कोरियन नागरिक चर्चामा

8785

कोरियाको इन्छनबाट काठमाण्डौं जादै गरेको कोरियन एयरको विमानमा सवार यात्रुलाई बचाएर अहिले एक कोरियन नागरिक चर्चामा आएका छन् । विमानमा सवार एक यात्रु छाती र स्वासप्रश्वासमा समस्याले छटपटएपछि कोरियनले आकस्मीक उद्धार र उपचार गरेका थिए । बिदा मनाउन नेपाल जादै गरेका ३५ वर्षिय अग्नीनियन्त्रक जोङ वोन योङले विमानमा विरामी परेकी यात्रुलाई प्राथमिक उपचार मार्फत बचाएका थिए । जसको अहिले कोरियन सञ्चार माध्यममा चर्चा भइरहेको छ । उनी कार्यरत जङसन दमकल विभागले खबरको पुष्टी गर्दै आफ्ना कर्मचारीले गरेको कामको प्रशंसा भइरहेको जनाएको छ । विमानमा सवार भारतीय नागरिक विरामी भएपछि विमानका कर्मचारीले विमानमा सवार सवै यात्रुलाई सम्बोधन गर्दै कोहि चिकित्सक भए उद्धार र उपचारका लागि सहयोग गर्न अपिल गरेका थिए । सम्बोधनपछि फस्ट कलास इर्मजेन्सी मेडिकल टेक्नीसियन समेत रहेका योङले उद्धार र उपचारको काम गरेका थिए । उनले आफुसँगै लिएर गएको उपकरण मार्फत विरामीको अक्सीजनको मात्रा, रक्तचाप र ब्लड सुगर लेभल चेकजाँच गरेका थिए । मधुमेहबाट पिडित ती भारतीय योङले अक्सीजनको मात्रा कम देखेपछि अक्सीजन दिने र प्राथमिक उपचार गरेपछि छटपटाइरहेकी विरामी महिलाको स्वास्थ्यमा सुधार आएको थियो ।

प्रतिक्रियाहरू